२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

गण्डकी प्रदेशमा आपातकालीन उद्वार संयन्त्र गठन

११ ओटै जिल्लामा आईपर्ने आपतकालिन अवस्थामा सक्रियतापूर्वक काम गर्ने उद्धेस्य
image

पोखरा , गण्डकी प्रदेशस्थित सामाजिक बिकास मन्त्रालयको मातहतमा रहने गरी १५ सदस्यीय प्रदेश स्तरीय आपतकालिन उद्धार सयन्त्र गठन गरिएको छ ।  

 


सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश सामाजिक महाशाखाका प्रमुख तुलसा अर्यालको संयोजकत्वमा गठित उक्त संयन्त्रको सदस्य सचिवमा केन्द्रिय बालकल्याण समितिका सदस्य एवं तत् अन्र्तगत गण्डकी प्रदेशका फोकल पर्शन, एवं थ्रि एञ्जल्स नेपालका संस्थापक अध्यक्ष÷ सिईओ डा. राजेन्द्र गौतम रहनुभएको छ । 

 


संयन्त्रको सदस्यहरुमा गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायक उपरिक्षक गोबिन्द पुरी, बालगृहहरुको महासंघ नेपालका महासचिव बिजय कुमार प्रधान, गैसस महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाल रहनुभएको छ ।

 

त्यस्तै पोखरा महानगरपालीका सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा,   पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ओसीएम सि प्रमूख डाक्टर, ईन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक बिकास मन्त्रालय बाल अधिकार श्रोत व्यक्ति मिठु आचार्य पनि सदस्यमा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा नेपाल हाउस कास्कीका कार्यकारी निर्देशक बसन्त सुवेदी, शक्ति समुह पोखरा प्रमुख अनिशा लामा पोखरा उच्च अदालत बार एसोसिएसन पोखरा  र पोखरा उद्योग बाणिज्य संघ पोखरा पनि सदस्यको रुपमा रहेका छन् । 

 


गण्डकी प्रदेश अन्र्तगतका ११ ओटै जिल्लामा आईपर्ने आपतकालिन अवस्थामा सक्रियतापूर्वक काम गर्ने उद्धेस्य सहित उक्त संयन्त्र गठन गरिएको मन्त्रालयलले जनाएको छ ।