२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको  छ । साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको  चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहाको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौँका लागि उपभोग्य वस्तुको अभाव नहुने बताउनुभयो । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रूपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको धारणा राख्नुभयो । बन्दरगाह निर्माणले स्थानीयबासीहरूका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह पनि गर्नुभयो । बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेछ ।