२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

सामुहिक वलत्कार गरेर भाग्दै गर्दा स्याङ्जामा चार जना पक्राउ

गल्याङ - जिल्ला प्रहरी कार्यालय स्याङ्जा द्धारा बालिका माथि सामुहिक वलत्कार गरेको अभियोगमा चार जना पक्राउ परेका छन ।
तनहुंको शुक्लागण्डकी नगरपालिका–४, का प्रशान्त थापा, सोहि ठाउँका, बिजय श्रेष्ठ, सोही ठाउँ बस्ने अन्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउंपालिका–३, घर भई सोही स्थान बस्ने बिक्रम राइले बालिकालाइ सामुहिक वलत्कार गरेका हुन ।
गत माघ एक गते शुक्लागण्डकी नगरपालिका–४, का प्रशान्त थापाले १६ वर्षकी किसोरीलाइ फोन गरेर ललाइ फकाइ प्रलोभनमा पारी बिरुवा गाउंपालिका–५ स्थित छेउडांडामा वोलाएका थिए ।
उनीहरु चारै जनाले एक्लो अवस्थामा रहेकी वालिकालाई करकापमा पारी, डरत्रास धम्की दिएर छेउडाँडामै पालैपालो वलत्कार गरेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी विजय कुमार सिंहले जानकारी दिनुभयो ।
सिंहका अनुसार वलत्कार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बलात्कारी समुहले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।