२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

बालिकालाई बलात्कार गरी जलाउने ड्र्गिस डन प्रहरीको हिरासतमा

धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनि गरेको छ ।
image

अयुब हुसेन जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुर ११ वर्षीया बालिकालाई बलात्कार पश्चात हत्या गरी जलाउनेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

 

 

गत फागुन २ गते विहान धनुषाको मिथिला नगरपालिका ३ बस्ने देवनारायण रसाइलीका ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कार पश्चात हत्या गरी शव जलाएको अवस्थामा घरनजिकै उँखु खेतमा फेला परेको थियो ।

 

बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनि गरेको छ । फागुन १ गते राति बालिका दुतिया मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलका ईन्द्रथापा मगरकी छोरी मन्दिरा थापाको विहे भोज खान गएकी थिइन् । विहेभोमा नाचगान पश्चत सबै तितरवितर भएर घरतिर लागेको बेला मामा घरमै भोजमा सहभागि भएका निरजले मदिरा, गाजाँ तथा ड्रग्स सेवन गरी नजिकैको पसलबाट चाउचाउ, फ्रुटी र किनेर ल्याएका थिए । त्यस पश्चत उनले बालिका दुतियालाई फकाई घरभन्दा उत्तर पश्चिम उखुखेतमा लगेर फ्रुटी चाउचाउ खुवाई बलात्कार गरी आफ्नो पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरेको र प्रमाण नष्ट गर्न खेतमा रहेको उखुको पात बालिकाको जिउमा राखेर जलाउने काम गरेको कुरा अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

 

उहाँका अनुसार निरज बालिकालाई जलाएपश्चत पुनः विवाहमा फर्केर विहान बालिकाको शव आधा जलेको अवस्थामा फेला पर्दा पुनः शव हेर्न गएको र त्यहाँबाट आफु फँस्ने हो की डरले भागेका थिए । घटना पश्चत लुकिछीपी बसिरहेका निरज भारत भाग्ने क्रममा धनुषाको विदेह नगरपालिका २ दुहबीबाट फागुन ६ सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले पत्रकार सम्मेलनमा बताउनुभयो ।

 

अभियुक्त निरज यसअघि पनि विभिन्न चोरी घटनामा संलग्न र केटी जिस्काएको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केवरले कार्वाही चलाएको र सार्वजनिक अपराधमा काठमाडौंको कालिमाटी प्रहरी बृतको साथै तीन महिना सेन्ट्रल जेलमा सजाय समेत भुक्तान गरिसकेका छन् । उनी लागुऔषध सेवनकर्ता समेत रहेको प्रहरीको भनाई छ । निरजकी आमाले बुबालाई छाडेपछि बुबा भारतमा गएर काम गर्दै गरेको र निरज ड्रगिस्ट भई विभिन्न अपराधिक घटनामा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाउँमा निरजलाई हाम्ली डनले चिन्ने गरिएको छ । 

 

 

बालिकाको बलात्कार पश्चात हत्या गरी जलाएको आरोपमा पक्राउ परेका निरजमाथि जबरजस्ती करणी गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अघि बढाएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो