२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

जनकपुरबाट सिके राउतका ५० बढी कार्यकर्ताहरु पक्राउ, सुरक्षा व्यवस्था कडा

image

जनकपुरधाम, असोज ३
जनकपुरको विभिन्न स्थाबाट ५० जना बढी सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । संविधान दिवसको अवसरमा ‘कालो दिवस’ मनाउने भन्दै शक्ति प्रदर्शण गर्ने तयारी गरेका ५० बढी राउतका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
‘चलु जनकपुर भरु जनकपुर’ को नारा लगाउँदै जनकपुरमा आम सभा आयोजना गर्ने तयारी गरेका राउतलले धनुषा, महोत्तरी सिरहा लगायतका मधेसका जिल्लाहरुबाट आफ्ना समर्थकहरुलाई जनकपुरमा भेला हुन आह्वान गरेका छन् ।  
राउतको कार्यक्रमलाई मध्यनजर गर्दै प्रहरीले जनकपुरको सुरक्षा व्यवस्था कडा पारेको छ । चौक चौकमा प्रहरीलाई तैनाथ गरिएको छ भने व्यापक संख्यामा सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको छ । मधेसमा विखण्डनको नारा लगाउँदै आइरहेका राउत तथा उनका कार्यकर्ताहरु करिब १ महिना अघिदेखि नै समाजिक संजाल तथा गाउँगाउँमा पर्चा पम्पलेट टाँसेर प्रचार प्रसार गर्दै आएका छन् ।
प्रहरीले राउतको गतिबिधिलाई हेर्दै राउत सहित उनका नेता कार्यकर्तालाई पक्रन विभिन्न होटेल, लज तथा उनको कार्यकर्ताहरुको घरमा सर्च अभियान समेत चलाएको श्रोतले जनाएको छ ।
यसै क्रममा राउतको मुख्य सहयोगी सत्यनाराण मण्डललाई मंगलवार धनुषा प्रहरीले पक्राउ गरेको थियो । मंगलवार दिउसो जनकपुर उपमहानगरपालिका ८ स्थित बलबाटोल प्रहरी चौकीबाट खटिएको टोलीले मण्डलाई नियन्त्रणमा लिएको थियो । मण्डल राउतका स्वकीय सचिवको भूमिकामा काम गर्दै आएका थिए । 
राउतलाई पटक–पटक समातेर राज्यविरुद्धको मुद्दा चाइएपनि उनी अदालतको आदेशअनुसार रिहा हुँदै आएका छन् ।