२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

निर्मलाको हत्यारालाई कार्वाही माग गर्दै ढल्केवरमा विशाल ¥याली

image

ढल्केवर÷ बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको  हत्यारालाई कार्वाहीको माग गर्दै धनुषाको ढल्केवरमा विशाल ¥याली प्रदर्शन गरिएको छ । स्थानीय नागरिक समाज, पत्रकार, बुद्धिजीवि, विद्यार्थी लगायतले नारा जुलुस सहित प्रदर्शन गरेका थिए । 
“िनिर्मलालाई न्याय दे” जस्ता नारा लेखिएका प्लेकार्ड सहित करिव हजारको संख्यामा रहेका प्रदर्शनकारीले ढल्केवर वजार परिक्रमा गरि हत्यारालाई कार्वाहीको माग गरेका थिए । 
महिला सञ्जाल, रातो लालिगुँरास महिला बहुउदेश्यीय सहकारी सँस्था, समाज परिवर्तन नेपाल, दाह्री ग्याङ्ग, ओरेक नेपाल धनुषा, बरपिपल महिला सहकारी सँस्था, एकता नेपाल धनुषा र प्रतिभा युवा क्लवले आयोजना गरेको ¥यालीमा श्री महेन्द उच्च माध्यामिक विद्यालय, श्री विनायक इगंलिश वोर्डिङ्ग स्कूल, चिल्ड्रेन गार्डेन वोर्डिगं स्कूलका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता थियो ।
ढल्केवर वजार परिक्रमापछि आयोजित कोणसभालाई महिला अधिकारकर्मीहरुले सम्बोधन गरी निर्मला पन्त प्रकरणका दोषीलाई तत्काल कार्वाहीको माग गरेका थिए ।