२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

नेपाल कुशवाहा कल्यान समाजको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

image

महेन्द्रनगर, धनुषा मेहन्द्रनगर स्थित दिपावली तथा छठपर्वको उपलक्ष्यमा नेपाल कुशवाहा कल्यान समाजको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष दिनेश प्रसाद सिंहको अध्यक्षता र प्रमुख अतिथी प्रदेश २का सांसद शत्रुधन महतोको उपस्थीतमा भएको कार्यक्रमा शुभकामना अदानप्रदानका साथ साथै कुशवाहा कल्यान समाजलाई समाजमा स्थापित गर्न विभिन्न विषयमा चर्चा गरिएको थियो ।

 

नेपाल कुशवाहा कल्यान समाज क्षीरेश्वरनाथ नगरपालिका नगर कमिटीको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथी महतो यी समाजको लागी विभिन्न प्रक्रिया पु¥याई बनाईने धर्मशलाको लागी आफनो संस्दियकोषबाट १० लाख रुपैया दिने घोषणा गर्नुभएको थियो । साथै समाजमा आफनो अस्तीत्व स्थापना गर्न अरुलाई दोषी दिनुभन्दा आफनो स्तरबाट सुधार गर्नमा जोडदिनुभएको थियो । त्यस्तै कार्यक्रममा विशिष्टअतिथी ईलाका प्रहरी कर्यालय महेनद्रनगका प्रहरी निरिक्षक अरुण कुशवाहा समाज सुधारको लागी शिक्षामा जोड दिँदै भनेका थिए आफनो छोराछोरीलाई सामान व्यवहार गरि उच्च शिक्षा हासिल गराई समाजमा जढगाडेको दाइजो प्रर्थालाई आफनै समाजबाट हटाउन प्रतिवधता जनाएका थिए । साथै यी समाजको लागी गरिने राम्रोकामको लागी कुनैपनि बेला आफनो सहयोग रहने बताएका थिए ।

 

त्यस्तै कार्यक्रमामा नेपाल कुशवाहा कल्यान समाजका जिल्ला अध्यक्ष रामचन्द्र महतो, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमिका संचालक जगदिस प्रसाद सिंह, मि.न.पा. २का वडाअध्यक्ष विहारी महतो, ३ का रामएकवाल महतो, हिमाल्य यूवा कलवका अध्यक्ष अरुण महतो, श्री जनजागर लभकुश कृषि सहकारीका अध्यक्ष रामराज महतो, नेपाल कुशवाहा कल्यान बुद्धिजिवी समाजका सल्लाहकार कालेश्वर महतो, इन्जीनियार आन्नन्दलाल महतो, रेडियो स्वागत्मका अध्यक्ष रामसिठ महतो, शिवशक्ति सहकारी संस्थाका अध्यक्ष राजेन्द्र महतो लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।