२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

अन्तर वडा स्तरीय फूटबल प्रतियोगिताको फाइनल खेल वडा नं. ५ ले ४ गोल प्रहार गरि प्रतियोगिता माथि कब्जा

image

क्षीरेश्वरनाथ नगरपालिकामा आयोजना भएकोे अन्तर वडा स्तरीय फूटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा वडा नं. ३ लाई वडा नं. ५ ले शुन्यका विरुद्ध ४ गोल प्रहार गरि प्रतियोगिता माथि कब्जा जमाउन सफल भएको छ । महेन्द्रनगर क्षीरेश्वर जन्ता उच्च मा.वि.को खेलमैदानमा मंसिर १५ गते देखि क्षीरेश्वरनाथ नगरपालिका अन्तर वडा फूटबल प्रतियोगितामा जम्मा ८ ओटा टिमको सहभागिता थियो । नगरपालिकाको सहयोग र क्षीरेश्वर स्पोर्टको आयोजनामा भएको यस प्रतियोगितामा प्रथम हुने वडा नं. ५ का टिमलाई नगद १० हजार र द्वितिय हुने टिमलाई नगद रु. ५ हजार सहित प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ । त्यसैगरि प्रतियोगितामा वेस्ट स्कोररको उपाधी वडा नं. ५ का खेलाडी कृष्ण यादव, बेस्ट प्लेयर वडा नं. ५ का खेलाडी प्रकाश अधिकारी र वडा नं. ६ का इन्द्रजित पासवान, वेस्ट डिफेन्स वडा नं. ३ का अब्दुल वारिक हुसेन, वेस्ट मिड फिल्डरका उपाधी वडा नं. ५ का विरेन्द्र यादवलाई प्रदान गरिएको छ ।
खासगरी स्थानिय स्तरमा खेलाडी उत्पादन गरी उतकृष्ट खेलाडीलाई भोलिको दिनमा एउटा दक्ष टिम बनाउन उदेश्यका साथ यो खेल खेलाइएको कल्वका अध्यक्ष केवल मुखियाले जनकारी दिएका छन ।