२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

लैङ्गिक हिंसा विरुद्धको १६ औं दिने अनतरक्रिया कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ औं दिने अभियान अन्र्तगत ¥याली तथा अनतरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित लैङ्गिक हिंसा र दुरव्यवहार छैन हामिलाई स्वीकार मुल नाराको साथ निकालिएको ¥यालीमा दाइजो पर्था बन्द गरौं, महिला विरुद्ध हिंसा बन्द गरौं, बाल विवाह बन्द गरौं लगायतका प्लयकार्डा र हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी मुल नाराको साथ समुदाय प्रहरी साझेदारीको व्यानर बोकी महेन्द्रनगरको विभिन्न भागको परिक्रमा गर्दै कोनसभामा परिणत भएको थियो । क्षिरेश्वरनाथ नगरपालिकाको आयोजनमा निकालिएको सचेतनामुलक ¥यालीमा नगर प्रमुख योगेन्द्र पजियार, नगर उपप्रमुख रचना माथेमा, ईलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहाल, ओरेक नेपालबाट उमिर्ला काफले, खानेपानि सरसफाईको फोकल परसन विजय यादव, नगर कार्यपालिका सदस्य विरेन्द्र सिंह, यूनिसेफबाट कौश्लिया कुशवाहा लगायत विभिन्न वडाबाट महिला स्वमस्वीकाहरु प्लयकार्ड सहित नगर परिक्रमा गरिएको थियो । ¥याली कोनसभामा परिणत भएपछि कोणसभामा बोल्दै ओरेक नेपालकी उमिर्ला काफ्ले लैङ्गिक हिंसा जस्तै जबरजस्ति करणी, यौन दुव्र्यवहार,मानव बेच विखन तथा ओसार पसार, घरेलु हिंसा, बहु बिवाह, बोक्सीको आरोप, बाल बिवाह, भु्रण हत्या, छोरीलाई पढन नपठाउने लगायत लिङ्गको आधारमा हुने अन्य हिंसाहरुलाई विस्तृतमा व्याख्या गर्नुभएको थियो । त्यस्तै ईप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक दहाल नेपालका ग्रामिण तथा विपन्न बर्ग र समुदायका महिला तथा किशोरीहरु कानुनी आज्ञानताको कारणले विभिन्न प्रकारका हिंसा सहन बाध्य छन, साथै आफनो हक अधिकारको उपयोग गर्नबाट समेत बंचित छन । यस्ता हिंसा वा पिरमार्का विरुद्धमा प्रमाणितलाई न्याय प्राप्तिको लागी सुरक्षाको अनुभुति सल्लाह, सुचना, मनोवैज्ञानिक हौसला प्रदान गरि आत्म विश्वास जगाउन महिला तथा बाल बालिकाको अधिकारको क्षेत्रमा काम गरि रहेका सरकारी तथा गैर सरकारी संस्था, नागरिक समाज एवं आपसमा समुहकृत र संगठित भई महिला विरुद्ध हुने हिंसा नियन्त्रणको निमित सचेतना अभिबृद्धि गर्न लागेको बताएका थिए । त्यस्तै कोणसभामा योजना अधिकृत विजय कुमार यादव प्रत्येक वडाको स्वमसेविकाहरुको उपस्थितीमा सरसफाईमा केन्द्रत गर्दै, घरघरमा शौचालय नहुँदा महिलामाथी हुने घटनाहरुको उदाहरण दिदैँ टोलटोलमा सरसफाई गर्नगराउन आग्रह गर्नुभएको थियो ।