२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

प्याब्सन नगर इकाई समितिको अध्यक्षमा यादव

image

मुकेश कुमार ठाकुर ,धनुषाधाम , २४ मंसिर धनुषाधाम नगरपालिकामा निजी तथा आवासीय विद्यालयहरुले नगर स्तरीय प्याबसन नगर इकाई समिति गठन गरेको छ । रामकुमार कार्कीको अध्यक्षता र वडा न.८ वडा अध्यक्ष तथा नगर शिक्षा समिति संयोजक बिनोददिप लामाको प्रमुख अथितिमा निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याबसनको पहिलो नगर अधिवेशनबाट रामपुकार यादव सर्वसहमतीबाट अध्यक्षमा पदमा चैन हुनुभएको छ। सोमबार धनुषाधाम नगरपालिका वडा नं. ८, मुलाबारीमा भएको कार्यक्रममा रामपुकार यादवसहित ७ सदस्यीय इकाई समिति सर्वसम्मतले गठन गरिएको छ । त्यस्तै, समितिको सचिवमा रामकुमार थापा मगर र कोषाध्यक्षमा सुरेश साह छन् भने सदस्यहरुमा महेश कुमार साह, लोकचन्द्र यादव, रामकैलाश यादव र गुणप्रसाद भण्डारी रहेका छन् । त्यस्तै, नगर समितिका प्रमुख सल्लाहकारमा नगर संयोजक रामकुमार कार्कीलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा पूर्व जिल्ला सदस्य अनिल कुमार लाल कर्ण, नगर सचिव सञ्जय नेपाली र गौरीशंकर यादवलाई चयन गरिएको छ । प्याबसनका नवगठित कार्य समितिका अध्यक्ष रामपुकार यादव नगरपालिकाका वडा नं. ९, धारापानीमा श्री बुद्ध पाठशालाका सञ्चालक हुन् भने सचिव रामकुमार थापा मगर वडा नं. ९, भिमानमा क्रियटिभ इंगलिश बोर्डिड्ड स्कूल र कोषाध्यक्ष सुरेश साह वडा नं. ७, शैलपुरमा लक्ष्मी इंगलिश बोर्डिड्ड स्कूलका सञ्चालक हुन् । यसैगरी , सदस्यहरु महेश कुमार साह वडा नं. ३, धनुषाधाममा श्री बाल आवासीय विद्यालय, लोकचन्द्र यादव वडा नं. ८, किसानपुरमा गोल्डेन फ्युचर इंगलिश बोर्डिड्ड स्कूल, रामकैलाश यादव वडा नं. ६, हरिपुरमा न्यू सुपर सेन्स पब्लिक एकेडमी र गुणप्रसाद भण्डारी वडा नं. ९, धारापानीमा पिनाक इंगलिश बोर्डिड्ड स्कूल सञ्चालन गरिरहेका छन् । नगर समितिका प्रमुख सल्लाहकार रामकुमार कार्की वडा नं. ७, किसानपुरमा सनराइज इंगलिश बोर्डिड्ड स्कूल, सल्लाहकारहरु अनिल कुमार लाल कर्णले वडा नं. ३, धनुषाधाममा श्री धनुष आवासीय विद्यालय, सञ्जय नेपालीले वडा नं. ८, मुलाबारीमा भिजन इंगलिश एकेडमी र गौरीशंकर यादव वडा नं. ३, धनुषाधाममा धनुष बाल मन्दिर विद्यालय सञ्चालन गरिरहेका छन् । कार्यक्रममा स्रोत व्यक्ति उद्धव आचार्य, प्याबसनका जिल्ला अध्यक्ष विश्वलाल सिंह, वरिष्ठ उपमध्यक्ष नवल यादव, जिल्ला सचिव विनोद यादव, केन्द्रीय सदस्य नरेन्द्र शर्मा, प्रदेश सह–सचिव महेश मण्डल, जिल्ला सदस्य पूर्णबहादुर लामा, पत्रकार मुकेश ठाकुर लगायत नगरका विद्यालय सञ्चालकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।