२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

क्षिरेश्वरनाथ नगरपालिका एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई लौरो(लट्ठी) र गमछा बितरन

image

महेन्द्रनगर,अनिल कुशवाहा,

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई लौरो(लट्ठी) र गमछा बितरन गरेको छ । स्थानीय सरकार अन्तर्गत नगरपालिकाको बोर्ड बाट पारितगरि प्रत्येक वडामा २० जना जेष्ठ नगारिकलाई सम्मान सहित लौरो ( लट्ठी) र गमछा बितरन गरिएको वडा सचिव गंगाई महतोले बताएका छन । जेष्ठ नागरिक मंचका नगर संयोजक मितलाल गिरिको अध्यक्षता र नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथ्यमा वडा नम्बर ३ देखि ७ सम्मको करिब १ सय जेष्ठ नागरिकलाई सम्मान सहित लट्ठी वितरण गरिएको छ । नगर प्रमुख पजियार नगरपालिकाबाट विगतको दिनमा पनि जेष्ठ नागरिक लगायतका गरिबहरुलाई घरघरमा स्वास्थय परिक्षण लगायतको कार्यक्रम गर्दै आएको र आउँदो दिनमा पनि विभिन्न प्रकारको सहयोग गरिने बताउनु भएको थियो । त्यस्तै कार्यक्रमको अध्यक्षता गर्नुभएका गिरि बास्तबमा हामी रमाइलो कार्यक्रम शुरु गरेका छौ र एउटा साथी स्वरुप लठी दिए प्रती जेष्ठ नागरिकको तर्फबाट अभार व्यक्त गर्दै वार्ड अध्यक्ष लगायत मेयरलाई धन्यवाद दिदैं भोलिक दिनमा पनि यस्तो कार्यक्रम गर्ने भने आश राखेका थिए ।
कार्यक्रममा उपमेयर रचना माथेमा वडा नं. २ का अध्यक्ष श्याम यादव, ४ का जगदिश यादव, ५ का जिबछ मन्डल, प्रशाशकिय अधिकृत इन्द्र देव यादव,  ब्यापारसंघका अध्यक्ष सुरेश यादव,  पुर्वअध्यक्ष रामजी सिंह,  समाजसेवि ईश्वरी प्रसाद पोख्रेल, क्षिरेश्वर जनता उच्च मा.बि.का प्रधानध्यापक कमल पन्डित, ४ का वडा सचिव शशी साह, ५ का गंगाई महतो लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।