२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

महेन्द्रनगर स्थित नगर स्तरिय दैविक प्रकोप उद्धार समिति गठन

महेन्द्रनगर,अनिल कुशवाहा,

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नगर स्तरिय दैविक प्रकोप उद्धार समिति गठन गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा विपद पूर्वत्यारी तथा प्रतिकार्य योजना निर्माण एंव नगर स्तरीय दैवी प्रकोप उद्धार समिति गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष श्याम किशोर यादवको संयोजकत्वमा गठन गरिएको नगर स्तरिय दैविक प्रकोप उद्धार समितिको सदस्यहरुमा यसोदा देवी कापर, खुर्सेद राईन, महादेव यादव, कमलेश यादव, महेन्द्र महतो, इलाका प्रहरी कर्यालयको प्रतिनिधि, नगर स्थित नेपाली सेना यूनिट, सस्त्रप्रहरी बल नकटाझिजका प्रतिनिधि, खानेपानि उपभोक्ता समितिका अध्यक्ष राम जुलुम यादव, स्वाथ्य इन्र्चाज चितरसेन यादव, गंगा यादव, अनिल कुशवाहा, नन्द किशोर सिंह लगायतका रहने गरि समति गठन गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख रचना माथेमा, प्रमुख प्रशाक्षकिय अधिकृत इन्द्रदेव यादव, शिक्षा उपसचिव महेन्द्र महतो, वडाअध्यक्ष र कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षा उपसचिव महतो विपद के हो ? र यसको सामाधानबारे चर्चा गर्नुभएको थियो । त्यसतै नगर प्रमुख पजियार विपद व्यवस्थापनको लागी नगरपालिकाबाट विपद पूर्वत्यारीमा चाहिने सामग्रीहरु उपल्बध गरेर राखने प्रतिवदता व्यक्त गर्नुभएको थियो ।
त्यसतै कार्यक्रमबाट गठन गरिएको समितिका संयोजक यादव छिटै अर्को बैठक गरि विपद व्यवस्थापनको लागी चाहिने सामग्री र सम्भावित क्षेत्रहरुको छनोट गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।