२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

प्याब्सन नगर इकाई समिति क्षिनपाको प्रथम नगर अधिवेशन सम्पन्न

महेन्द्रनगर, अनिल कुशवाहा
प्याब्सन नगर इकाई समिति क्षिरेश्वरनाथ नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नगर प्याब्सन एकाई समितिको संयोजक सुजित कापरी र नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आत्थियमा उदघाटनसत्र सम्पन्न भएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन नगर इकाई समितिको उदघाटनसत्रमा प्रमुख अतिथी पजियार नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुको लागी शिक्षा एन बनिसकेको र छिटै तँपाईहरुको विचमा ल्याई शिक्षामा बढि जेड दिदैँ व्यवस्थीत गर्ने बताएका थिए । र नगर भित्र बनाईएको शिक्षा न्यामावलीलाई नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई त्यही नियम भित्र रहेर काम गर्न आग्रह गर्नुकासाथै आउने दिनमा राम्रो गर्ने विद्यालय र विद्यार्थीलाई प्रोत्साहन सोरुव पु्स्कृत गर्ने प्रतिवद्धता जनाएका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी प्यावसन केन्द्रिय सदस्य नरेन्द्र शर्मा, शिक्षा उपसचिव महेन्द्र महतो, सशस्त्र वेसक्याम्प नकटाझिजका डिएसपि सुशिल पराजुली, प्रत्येक वडाका वडाअध्यक्ष लगायत, प्यावसनमा आवध व्यक्तिहरुको उपस्थिती रहेको थियो