२०७६ असार ५ बिहीबार Thursday, June 20

ताजा अपडेट :

बटेश्वर गाउँपालिका स्थित प्रहरी बिट उदघाटन तथा अन्र्तरक्रिया कार्यक्रम

प्रदिप राज कणेलको प्रमुख आतिथी
image

महेन्द्रनगर, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धनुषा वटेश्वर गाउँपालिका स्थित प्रहरी बिट तथा अन्र्तरक्रिया कार्यक्रम गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको प्रमुख आतिथीयमा प्रहरी बिटको उदघाटन गर्दै बटेश्वर गाउँपालिका र इलाका प्रहरी कर्यालय महेन्द्रनगरको सम्नव्यमा अन्र्तरक्रिया कार्यक्रम गरिएको थियो ।

 

 

समुदाय र प्रहरी विच साझेदारी गरि समाजमा हुने विभिन्न किसिमको घटनाहरुलाई सहजरुपमा समाधान गर्ने उदेश्यका साथ गरिएको अन्र्तरक्रिया कार्यक्रमा प्रहरी उपरिक्षक गोविन्द थपलिया, बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्द, ईलाका प्रहरी कर्यालय महेन्द्रनगरको प्रहरी निरिक्षक अमिर कुमार दहाल, स्थानिय स्कुलका प्रध्यापक, बुद्धिजिवी, व्यापारि र राजनितीकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

 

कार्यक्रमा उपस्थित व्यक्तिहरु प्रहरी प्रशासनबाट भइरहेको सहयोग र हुने सहयोगको आशा राखदै आ«–अफनो मन्तव्य राखेका थिए । त्यस्तै अन्र्तक्रिया कार्यक्रममा राखिएका विभिन्न समस्याहरुलाई समेटिदै प्रमुख जिल्ला अधिकारी कणेल सम्बन्धीत व्यक्तिहरुलाई निदेर्शन दिदैँ ततकाल समस्याहरु समाधान हुने अशुवासन दिनुभएको थियो ।