२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

शुक्लाफाँटामा अगुवा कृषक तालिम सम्पन्न

image

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका झलारीमा तिन दिने अगुवा कृषक  तालिम सम्पन्न भएको छ । 

 

 

फागुन पाँच गते देखी सात गते सम्म  सञ्चालन तालीममा वैजनाथ अनाज खरीद विक्री केन्द्रका सञ्चालक नवराज उप्रेती अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालीकाका नगरप्रमुख दिलवहादुर ऐर रहनु भएको थियो । 

 


अगुवा कृषक तालीममा शुक्लाफाँटा नगरपालीका, कृष्णपुर नगरपालीका र लालझाडी गाँउपालीका ३२ जना सहभागी रहेको वैजनाथ अनाज खरीद विक्री केन्द्रका सञ्चालक नवराज उप्रेतीले जानकारी गराउनु भयो ।

 

 

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख दिलवहादुर ऐरले तालीममा सहभागी कृषकहरुलाई सम्वोधन गर्दै कृषिलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरेको जानकारी दिनु भयो । ब्यवसायीक कृषकहरुका लागी कृषि तिर अगाडी वढाउन नगरले सहयोग गर्ने उहाँले भन्नु भयो ।

 

 

अगुवा कृषक तालीममा प्रमुख प्रशिक्षक  वावुराम चौधरी रहनु भएको थियो प्रशिक्षकमा शुक्लाफाँटा नगरपालीका कृषि साखा प्रमुख विरवहादुर कुवर र कृषि प्राविधिक मिना भण्डारी रहनु भएको थियो ।