२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

नेपाललाई प्रबिधिमा फड्को मारेको देख्ने चाहाना राख्दछन इजरायलबाट फर्केका युवा 

image

नेपाल सरकार बाट साना किसान सहकारी र कृषि बिकास बैङ्कको सहयोग बाट अध्यनको सिलसिलामा १ वर्ष अघी ईजरायल पुगेका वेदकोट नगरपालीका वडा नम्बर ९ सुन्दरपुर कञ्चनपुरका ३० वर्षीय करुणाकर बिष्ट (रोहित) विएड पढाई  सिध्याएर एम एड को तयारीमा  लागेका नेपाली विषयका विद्यार्थी हुन ।  एक प्रइभेट बिद्यालयका शिक्षक रहेर उनले काम गरि सकेका छन । करुणाकर  २०७४ भाद्र महिनामा नेपाल बाट इजरायल कृषि अध्ययन १२ महिनाका लागी  गएका थिए र २०७५ भाद्रमा नेपाल फर्किएका थिए । करुणकर  इजरायलमा बस्दाका अनुभवहरु बारे  प्रभु एफ.एम.का पत्रकार भोजराज पन्त संग गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरीएको छ ।
 इजरायलमा बस्दाका तपाईका अनुभब के के छन ?
विगत लामो समय देखि नेपालबाट साना किसान सहकारी संस्था लिमिटेड र कृषि विकास बैङ्कको मातहत बाट इजरायली कृषि क्षेत्रमा अध्ययनको रुपमा नेपालबाट विद्यार्थिहरु इजरायल जानेक्रममा मपनि इजराय पुगे । इजरायलमा नेपाल जस्तै थोरैले भएपनि कृषि पेसा अपनाका छन । प्रबिधिको क्षेत्रमा इजरायले उल्लेनिय सहभागीता हाँसील गरेको छ । नेपालबाट पनि ११ महिना इजरायली कृषि क्षेत्रमा अध्ययन गरी त्यसको सिप सिकेर नेपाल भित्रीने संख्या बढ्दो छ ।
कृषि प्रधान देश भएर पनि यहाँको युवा जनशक्ति  विदेशमा पलायन हुने क्रम वड्दै गएको छ । नेपाल सरकारले त्यो युवा शक्तिलाई नेपालमा नै रोजगारी श्रृजना गरी काम गर्ने वातावरणको श्रृजना गर्न सकेको छैन । 
जल स्रोत र भौगोलीक वनावटको रुपमा नेपालमा पनि इजरायल जस्तै छ । कृषि कार्य गरी नेपाल तथा नेपाली जनताको आर्थिक स्तर माथि उकास्न सकिन्छ । नेपालमा पनि नेपाल सरकारले  कृषि कार्यका लागी कृषि जनमुखी कार्यक्रम ल्यउन सके मात्र नेपाली भुमिमा पनि सुन फलाउन सकीन्छ । 
इजरायलको जस्तै नेपालमा पनि कृषि कार्य गर्न सकिन सम्भावन के के छन ?
इजरायलको जस्तै नेपालमा पनि कृषि कार्य गर्न सकिने प्रसस्त सम्भावना छ । नेपालमा पनि कृषि जन्य व्यवसाय गरि सजिलै संग जिविकाने पार्जन गर्न सकिन्छ भन्ने कुरा चेतनाको बिकास नेपालका युवाहरुमा भैसकेको छ ।  जवकि इजरायलमा कुल जनसंख्यको २ प्रतिसत मात्र मानिसहरु कृषिकार्य गर्दछन र  ९७ प्रतिसत मानिसहरुले उपभोग गर्दछन । विडम्वना यो छ कि नेपालमात झन ८५ प्रतिसत मानिसहरुले कृषि क्षेत्रमा काम गरेर पनि ७० प्रतिसत कृषि जन्यकुराहरु विदेश बाट आयात गरीन्छ । 

 

इजरायलमा कुल जनसंख्यको २ प्रतिसत मात्र मानिसहरु कृषिकार्य गर्दछन र  ९७ प्रतिसत मानिसहरुले उपभोग गर्दछन । विडम्वना यो छ कि नेपालमात झन ८५ प्रतिसत मानिसहरुले कृषि क्षेत्रमा काम गरेर पनि ७० प्रतिसत कृषि जन्यकुराहरु विदेश बाट आयात गरीन्छ । 
 

 

यो सबको कारण परम परागत कृषि कार्य प्रणाली, आधुनिक कृषि औजारको अभाव, सरकार बाट युवा कृषि उद्यमीहरुलाई सुलब कृषि कर्जाको अभाब र कृषि कार्य सम्बधि ज्ञानको अभाव हो  सरकारले यि अभावहरुको पुर्ती गर्न सकेमात्र नेपाल कृषिमा आत्मनिर्भर सजिलै हुन सक्छ ।
प्रतेक वर्ष नेपाल सरकारले नेपाल बाट ईजरायलमा कृषि अध्ययन गर्न ५०० जना विद्यार्थिहरु इजरायल पठाउने गर्दछ । इजरायलबाट फरकिएका कृषिमा दक्ष तथा अनुभबि विद्यार्थिहरुलाइ समयमै नेपाल सरकार तथा कृषि मन्त्रालयले आर्थिक लगानी गरी दक्ष जनसक्तीलाइ सदपुयोग गनुृ पर्ने छ । नेपाल र नेपाली भुमिमा कृषि कार्यकालागी तदारुकताका साथ गर्ने हो भने पक्कै पनि एकदिन नेपालले पनि कृषि उत्तपादनमा आत्मनिर्भर भई बिदेशमा समेत र्नियात गर्न सक्ने छ ।
इजरायल कसरी पुग्नु भयो  ?
 पढाईमा अलिकता मिहिनेत गरे इजरायल अध्ययनकालागी पुग्न सजिलै छ । इजरायल जान सर्ब प्रथम सानाकिसान सहकारी संस्थामा आवध हुनु पर्ने हुन्छ  । हरेक वर्ष सानकिसानले इजरायल जानका लागी आवेदन फारम खोल्छ ,शैक्षिक योग्यता १२ पासले आबेदन फारम भर्न पाउछन । परिक्षको प्रकिया अन्तरवार्ता बाट छनौट गर्दछ, पास भएका बिद्यार्थिहरुलाई सानकिसान बिकास बैङ्कले १५ दिने तालिम दिन्छ र लैजाने प्रक्रिया अगाडि बढ्द छ  र इजराइल पुगीन्छ ।
इजरायल पुगिसके पछि नेपालीलाई के कस्ता समस्या आउछन ?
इजरायल पुगि सकेपछि पनि धुपै समस्याहरु विद्यार्थिले खेप्नु पर्ने हुन्छ । जस्तै ः भाष नसिकीकन गयो भने भनेको कुरा थाह हुदैन जस्ले गर्दा नेपा लि बिद्यार्थिहरुले अपहेलना खेप्नु पर्ने हुन्छ ।  इजरायमा अनलायन वाट पढाइ हुने भएकाले कम्प्युटर र अनलाइन सम्वन्धी ज्ञान कम भएका बिद्यार्थिहरुले राम्ररी संघ बुझदैन, त्यहाँ अत्याधिक चिसो र गर्मीमा काम गर्नु पर्ने हुन्छ ,हिन्दु धर्मावलम्बीहरुले टिका समेत लगाउन पइदैन ।
नेपालले कृषिमा आत्मनिर्भर वन्न के गर्नु पर्ला ?
हाम्रो देशले पनि आधुनिक कृषिकार्य सम्बन्धि कृषकहरुलाई तालिम दिनु पर्ने, हरेक प्रदेशमा एउटा एउटा कृषि क्याम्पसको ब्यवस्ता गर्नु पर्ने, कृषि पढेका विद्यार्थिहरुलाइ कृषि पेशागर्न प्रेरित गर्ने, इजरायल लगायत विभिन्न देशमा कृषि तालीम गरि फर्केका नेपालीलाई कृषि कार्य गर्न प्रेरित गर्ने र कृषि कार्यकालागी सौलियत ऋणमा रकम उपलब्ध गराउने, आधुनिक कृषि औंजार, बिसाधिहरुमा विषेश छुट गर्ने, कृषकहरुलाई कृषि तालिम र कृषि भर्मणा गराउने कार्य गर्नु अति आवश्यक छ ।


बिदेशबाट फर्किसके पछि अव के गर्ने इच्छा  छ ?
 कृषि पेशाका लागी उपयुक्त भुमिको सिर्जना गर्नु अति आवस्यक छ ,  थोरै जमिनमा आधुनिक कृषि गरी धेरे उत्तपादन गर्ने, नेपालमा पनि कृषि कायृ गरी देशलाई आक्तम निर्भर वनाई युवाहरु सोरोजगार बनाउने, आफुले गरेर देखाएर कृषिबाट समेत राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण दिने ।

नेपाल सरकारले विदेश बाट सिप सिकेका युवाहरुका लागी  के गर्नु पर्ला ?
विदेशबाट फर्केर नेपाल आउदा आफ्नै देशमा केही गर्छु भनि आएका नेपाली युवाहरु लाई समय मै आर्थिक लगानि र आधुनिक कृषि सम्वन्धी थप तालिम दिई सहयोग गरीदिनु पर्दछ । जस्कोकारण आफु र अन्य युवाहरुलाई समेत सोरोजगार बनाउन प्रेरीत गर्द छ । एउटा दक्ष सिपसीकेको युवाले अन्य युवालाई अन्य युवालाई सिपसिकाउ छ भने बिरोजगारी समस्या न्यून हुने हुने छ । कृषि ब्यवसाय गर्ने युवाहरुका लागी न्युनतम ब्याज दरमा आर्थिकमा सहयोग  गर्नु पर्दछ ।
नेपाल सरकार संग केही दुखेसो छ ?
 नेपाल सरकारले हरेक वर्ष आधुनिक कृषि गर्न विदेश पठाए पनि आधुनि कृषि तालिम गरि आएका बिद्याथिहरुलाई कुनै पनि कृषि कार्य गर्न अग्रसर नगराउनु  युवा प्रति सकारत्तमक सोचको अभाव रहेको छ ।
 सरकारले युवाहरुमा केही लगानी गरेपनि युवा बाट फाईदा लिन सकेको छैन सरकारले समयमानै युवालाई उनिहरुको शिप र दक्षतालाई ध्यान दिई कार्य सम्पादन गराएमा सरकार लाई युवा बिरोज गारीको ठुलो समस्या समाधान हुने सम्भावना छ ।