२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

विजय एकता महिला बहुउद्देश्यीय सहकारी संस्था को १८ औं साधारण सभा सम्पन्न

महिला विकास निरिक्षक राधिका पन्तलाई सम्मातिन
image

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ४ असैनामा विजय एकता महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १८ औं वाषर््िाक साधारण सभा  शुक्रवार सम्पन्न भएको छ । 
सहकारी संस्थाकी अध्यक्ष पुष्पा के.सी.को अध्यक्षतामा सम्पन्न साधारण सभामा  शुक्लाफाँटा नगर पालीका ४ का वडा अध्यक्ष ज्ञानबहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि वडा अध्यक्ष विष्टले साधारण सभालाई सम्वोधन गर्दै सहकारीले ऋण र वचत मात्र नगरी नगरमा महिला हिंसा सम्वन्धी कार्यमा रोकथाम गरेर महिला हिंसामा कमी ल्याएको भन्दै धन्यवाद दिनु भयो ।
उहाँले भन्नु भयो सहकारी माथि उठाउन आर्थिक पाटो अति आवस्यक भएकाले सहकारीहरुले आर्थिक वर्षको सुरुमा नगरमा आफ्नो कार्ययोजना पेश गरे मात्र नगरले वजेट छुट्याउन सक्ने ब्यहोरा अवगत गराउनु भयो । त्यसैले अवआउने आर्थिक वर्षमा समयमै सहकारीको कार्ययोजना पेस गर्न आग्रह गर्नु भयो ।
सहकारी संस्थाले सहकारीलाई अब्बल वनाउन सहयोग गर्ने शुक्लाफाँटा नगरपालीका महिला तथा वालविकास साखा कि महिला विकास निरिक्षक राधिका पन्तलाई सम्मातिन गरेको छ । कार्यक्रमा विसिष्ट अतिथि रहनुभएकी निरिक्षक पन्तले नगरमा महिलाहरुका लागी कार्यक्रम न्यून रहेका र वजेट पनि न्यून रहेको बताउनु भयो । यदि महिलाहरुको जिवनस्तर माथि उकास्ने हो भने नगरमा महिला लक्षीत कार्यक्रम ल्याउन जरुरी छ उहाँले भन्नु भयो । 
कार्यक्रमा सहकारी संस्थाको वार्षिक प्रगति विवरण संस्था कि अध्यक्ष पुष्पा के.सी.ले पेश गरेकी थिइन ।

 

हिन्सा न्यूनीकरण समुहमा हाल सम्म दत्र्ता भएका ३७४ निवेदनमा २३७ जना महिलालाई उद्धार गरेको सहकारी संस्थाकी अध्यक्ष पुष्पा के.सी.ले जानकारी गराईन ।
 

 

२०५८ सालमा २५ जना महिला सदस्य भएको सहकारी संस्थामा हाल १ सय २९ समुह वनाई ७ सय २९ जना महिलाहरु आवद्ध रहेका छन । १४ वटा हिसा न्यूनीकरण समुह समेत वनाएर महिला हिन्सा न्यूनीकरणमा समेत उल्लेखिनिय कार्य गरेको छ । हिन्सा न्यूनीकरण समुहमा हाल सम्म दत्र्ता भएका ३७४ निवेदनमा २३७ जना महिलालाई उद्धार गरेको सहकारी संस्थाकी अध्यक्ष पुष्पा के.सी.ले जानकारी गराईन ।
सहकारी संस्थाका प्रवन्धक बिस्ना पन्तले वार्षिक आय व्यय पेश गरेकी थिइन । सहकारीले हाल सम्म १२९ वटा महिला समुह वनाई ६ लाख ७१ हजार ६ सय रुपैया शेयर वचत गर्न सफल भएको र आर्थिक वर्ष ०७४÷७५ मा ४६ हजार २ सय ९३ रुपैया शुद्ध नाफा हासिल गर्न सफल भएको प्रवन्धक बिस्ना पन्तले वताइन ।