२०७६ असार ५ बिहीबार Thursday, June 20

ताजा अपडेट :

सुनवरा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न

राष्ट्रिय समाचार समितिका कञ्चनपुर जिल्ला सम्वाददाता राजेन्द्र प्रशाद पनेरु सम्मानित
image

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवाप्रमा रहेको सुनवरा कृषि सहकारी संस्थाले शनिवार आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य लाल वहादुर खड्काले  सहकारीका माध्यमवाट प्रदेश समृद्ध वन्न सक्ने औल्याउनु भयो । सहकारीले उत्पादन तिर ध्यान दिन सके गरिवी न्यूनिकरण हुन सक्ने विचार व्यक्त गरेका थिए ।

 सहकारी लाई व्यवस्थित र पारदर्शि वनाउन सके आय आर्जन उद्यमशिलता क्षेत्रमा लगानी गरिए  सयौंको सङख्यामा रोजगारी सिर्जना गर्न सकिने प्रदेश सभा सदस्य खड्काले वताए । प्रदेश सरकारले कृषिमा आधुनिकरण गरी उत्पादन तिर प्रदेश अधि वढिरहेको वताउदै प्रदेशले कृषकलाई विभिन्न अनुदानका कार्यक्रम दिने निती लिएको छ । यूवालाई कृषि पेशामा आर्कषित गरी प्रदेशमै स्वरोजगारी वढाउन तिर प्रदेश सरकार लागिरहेको वताए ।

उनले भने,अहिले सम्म सुदुरपश्चिम प्रदेश कृषिमा आत्मनिर्भर नहुँदा भारतवाट तरकारी खाद्यान्न आइरहेको छ । अवका दिनमा प्रदेशले आत्मनिर्भरता तर्फ उन्मुख गर्न योजना अगाडी वढाईरहेको खड्काले वताए । 

 

अहिले सम्म सुदुरपश्चिम प्रदेश कृषिमा आत्मनिर्भर नहुँदा भारतवाट तरकारी खाद्यान्न आइरहेको छ । अवका दिनमा प्रदेशले आत्मनिर्भरता तर्फ उन्मुख गर्न योजना अगाडी वढाईरहेको खड्काले वताए । 
  

 

 कार्यक्रममा कृषि पर्यटन ,सस्कृति संगै समग्र सुदुरपश्चिमको विकाशमा अह्म भुमिका निर्वाह गरेवाफत राष्ट्रिय समाचार समितिका कञ्चनपुर जिल्ला सम्वाददाता राजेन्द्र प्रशाद पनेरु लाई सम्मानित गरिएको हो ।

कार्यक्रममा शु.न.पा वार्ड नं १० का वडा अध्यक्ष लाल वहादुर ऐर,वडा नं ०९ का अध्यक्ष रमेश वहादुर ऐर,पुर्व गा.वि.स अध्यक्ष टेक वहादुर हमाल,वडा नं ११ का वडा सदस्य शिवराज भट्ट,कृष्ण वैजनाथ वहुमुखी क्याम्पसका अध्यक्ष उद्धवराज भट्ट,समाजसेवी  भैरवसिह ऐर,सरस्वती मा.वि का अध्यक्ष शेर वहादुर साउद,सञ्चारकर्मी राजेन्द्र प्रशाद पनेरु,झलारीपिपलाडीउद्योग वाणीज्य संघका उपाध्यक्ष ललित वहादुर ऐर, कोषाध्यक्ष नैन सिह वोहरा,शिद्ध भिम आधारभुत विद्यालयका अध्यक्ष नवराज पन्त,विजय एकता  सहकारीका अध्यक्ष पुष्पा के.सी लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो । 

 

कार्यक्रममा कृषि पर्यटन ,सस्कृति संगै समग्र सुदुरपश्चिमको विकाशमा अह्म भुमिका निर्वाह गरेवाफत राष्ट्रिय समाचार समितिका कञ्चनपुर जिल्ला सम्वाददाता राजेन्द्र प्रशाद पनेरु लाई सम्मानित गरिएको हो ।
  

 

 संस्थालाई विशेष योगदान पु¥याए वाफत समाजसेवी भैरव सिह ऐर,शेर वहादुर साउद लाई सम्मानित गरिएको थियो । संस्थाद्धारा कार्यक्रममा उत्कृष्ट वचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट मासिक वचतकर्ता,उत्कृष्ट शुद्ध दुग्घ विक्रेता ,नियमित दुग्घ विक्रेतालाई सम्मान गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य कल्पना पन्तले   गरेको कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन संस्थाका लेखा संयोजक टेक वहादुर भण्डारीले प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष केसरी जोशीले प्रस्तुत गरेकी हुन् । संस्थाका कार्यवाहक अध्यक्ष विक्रम भण्डारीको  सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जय वहादुर ऐरले गरेका थिए । संस्थाको अधिवेशन वन्दसत्र आज दिउसो २ वजे वोलाईएको र सोवाट नँया कार्यसमिति चयन हुने संस्थाका कार्यकारी प्रवन्धक हरेन्द्र कुमार भण्डारीले वताए l