२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

खानेपानी मन्त्रीको पहलमा सुरु भयो महिलाहरुका लागि प्याड बनाउने तालिम ।।

image

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा अवस्थित प्रगतिशील महिला समुहका महिला प्रतिनिधिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्याड बनाउने तालिम सुरु भएको छ । महिलाहरु  महिनावारी हुँदा प्रयोग हुने स्यानिटेशन प्याड बनाउने तालिम बुधबारबाट सुरु भएको हो । 

 

व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहयोगमा सञ्चालित पाँच दिने तालिमको निरीक्षण नेकपाका प्रभावशाली नेता एवं सांसद लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले गर्नु भएको छ । सो तालिम खानेपानी मन्त्री बिना मगरको पहलमा सुरु भएको हो । तालिमपछि महिलाहरुले उद्योगका लागि काम गर्ने छन् भने केही दिनपछि उक्त प्याड बजारमा बिक्री सुरु हुने बताइएको छ । 

 

पहिलो चरणमा २५ जना महिलाहरु तालिममा सहभागी भएका छन् । यस अघि कञ्चनपुरको बेलौरीमा प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम सम्पन्न भएको थियो भने खानेपानी मन्त्री बिना मगरको पहलमा महिलाहरुलाई स्वरोजगार बनाउन कुखुराका चल्लाहरु वितरण गरिएका थिए ।