२०८१ बैशाख ८ शनिबार Saturday, April 20

ताजा अपडेट :

नव किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा ।।

image

कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १० झलारी बजारमा रहेको नव किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभाका अवसरमा बुधवार राष्टिय समाचार समितिका कञ्चनपुरका समाचारदाता राजेन्द्र प्रसाद पनेरुलाई सम्मान गरिएको छ । सञ्चार माध्यमले सहकारीका क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै नगद रकम सहित सम्मान पत्रले सम्मान गरिएको हो । 

शुक्लाफाँटा नगरपालीकाका नगर प्रमुख दिल बहादुर ऐरले सम्मान पत्र र नगद रकम सो अबसरमा प्रदान गरेका छन । सहकारीका अध्यक्ष धन बहादुर कुश्मीले सहकारीका क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान पत्र सहित सम्मान गरिएको बताए । सोही अवसरमा उत्कृष्ट बाल बचतकर्ता, बचतकर्ता, उत्कृष्ट कारोवारी, जेष्ठ नागरिकलाई समेत प्रशंसा पत्र सहित पुरस्कृत गरिएको छ । 

सहकारीमा आवद्ध सदस्यहरु मध्येवाट ज्यान गुमाएका पाँच परिवारलाई सहकारीले रु ११ हजारका दरले किरिया खर्च वाफतको रकम समेत प्रदान गरेको छ । सहकारीको साधारण सभामा प्रवन्धक लक्ष्मी सेटीले आर्थिक वर्ष २०७४÷०७५को असाढ मसान्त सम्ममा रु १२ करोड ३० लाख ७०हजार २६८ वचत संकलन,पाच करोड ५ लाख ६५ हजार ५०० ऋण लगानी भएको विवरण प्रस्तुत गरिन् । सहकारीमा ९ सय ८१ महिला र ७ सय ६७ पुरुष गरी जम्मा एक हजार ७४ जना शेयर सदस्य रहेको सहकारीको रु २७ लाख ४७ हजार ९०० शेयर पुजी रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको छ । 

४५ वटा कृषक समुह रहेको सहकारी सस्थामा तिन जना जेटीए कर्मचारी र ७ जना अन्य कर्मचारी गरी १० जनाले काम गरिरहेका छन । जस मध्ये ९ जना महिला कर्मचारी र एक जना मात्र पुरुष कर्मचारी रहेको सहकारी सस्थाले जनाएको छ । २८ हजार शेयर पुजीवाट २०६८ साल जेष्ठ ४ गते स्थापना गरिएको सहकारीको एक सेवा केन्द्र र एक केन्द्रिय कार्यालय गरी दुई स्थानवाट कार्यालय सञ्चालन गरी कारोवार भइरहेको छ । 

सहकारीको साधारण सभाको उद्घाटन गर्नु हुदै राष्ट्रिय सहकारी संघका सञ्चालक, सुदूरपश्चिम प्रदेशका सदस्य एवं नेकपाका सुदूरपश्चिम प्रदेशका मुख्य सचेतक तारा लामा तामाङले पुष महिला भित्रै प्रदेश सरकाले सहकारी ऐन र विनियम ल्याउन लागेको बताए । सहकारी मैत्री ऐन ल्याउनका लागि प्रयत्नशिल रहेको उनले बताए । एउटै उद्देश्य बोकेका सहकारीलाई समायोजन गरी ठुला सहकारी स्थापना गर्ने प्रदेश सरकारको ध्येय रहेको उनले बताए । 

शुक्लाफाँटा नगरपालीकाका नगर प्रमुख दिल बहादुर ऐरले असल सहकारीले रकम बचत मात्रै नगरी उत्पादनशिल क्षेत्रमा रकम लगानी गरी सदस्यलाई आर्थिक रुपमा आत्म निर्भर बनाई रोजगारी सृजना गर्नु पर्ने बताए । नेपालको संविधान अनुसार स्थानिय निकायलाई सहकारी सस्थाको संरक्षण सम्वद्धन, नियमन र व्यवस्थापन गर्ने जिम्मा दिएको वताउदै नगर क्षेत्रमा रहेका ६४ वटा सहकारी सस्थाहरु संग समन्वय गरी अगाडी वढाइने वताउनु भयो ।

त्यसै गरी नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य लोकेन्द्र ऐरीले सहकारी सस्थाहरुले गाउ घरमा छरिएर रहेको पुजीलाई एकत्रित गरी सदस्यहरुको दुःख सुखको साथी वनेको वताउनु भयो । नवकिरण वचत तथा ऋण सहकारी सस्थाले गाउका गरिव किसान, पहुच नपुगेका विपन्न वर्गका लागी आर्य आर्जनमा लगानी गर्दै आइरकोले सहकारीको प्रसंसा समेत गर्नु भएको थियो ।

शुक्लाफाटा नगरपालिका वार्ड नं ११ का अध्यक्ष दिल वहादुर वुढाले सहकारी सस्थाहरुले वचत गर्ने कार्यको संग संगै उत्पादन मूलक कार्यमा अगाडी वढनु पर्ने वताउनु भयो । त्यसै गरी शुभ कामना मन्तव्यको क्रममा शुक्लाफाटाका न्यायिक समिति सदस्य उत्तर देव भट्टले सहकारी सस्थाहरुले गरिव विपन्न र महिलाहरुको लागी सिप मुलक कार्यक्रम सञ्चालन गरी एक सहकारी एक उत्पादन कार्यक्रम लागु गर्नु पर्ने सुझाव सहित सहकारी सस्थाहरुले गरेको कामको प्रसंसा गर्नु भयो । 

वैजनाथ महिला वहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष द्धारिका कुवर, कञ्चन झलारी वचत तथा ऋण सहकारी सस्थाका प्रवन्ध निर्देशक वसन्त भट्ट लगायतका अतिथीहरुले शुभ कामना मनव्यक्त गरेका थिए । सस्थाका कोषाध्यक्ष शोभा खुनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारीका प्रवन्धक लक्ष्मी सेटीले गर्नु भएको थियो ।