२०८१ बैशाख ६ बिहीबार Thursday, April 18

ताजा अपडेट :

कञ्चनपुरको बेलौरीबाट नम्बर प्लेट नभएका चार थान अबैध भारतीय ट्र्याक्टर नियन्त्रणमा ।।

नियन्त्रणमा लिइएका ट्र्याक्टर र  उखु समेत भन्सार चलान
image

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीबाट नम्बर प्लेट नभएका चार थान अबैध ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।

 

सशस्त्र प्रहरी बल बडर आउट पोष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक माधब जोशीको नेतृत्वमा खटिएको गस्ती टोलीले भन्सार नकाटी उखु बोकेर नेपाल भित्र्याइएका नम्बर प्लेट नभएका भारतीय ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

 

जम्मा ३ सय ८० क्विन्टल उखु सहित अबैध ट्र्याक्टर नियन्त्रणमा लिइएको र नियन्त्रणमा लिइएका ट्र्याक्टर र  उखु समेत सशस्त्र प्रहरीले बुधबार भन्सार चलान गरेको सशस्त्र प्रहरी निरीक्षक माधब जोशीले जानकारी दिनुभएको छ ।