२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

फगुवामा थारु महिलाको रौनक, उदेश्य फरक (फोटो फिचर सहित)

हरेक क्षेत्रमा महिलाको पहुच हुनु पर्छ भन्दै जनचेतना
image

डि.एन चौधरी,उदयपुर । सधै घरकै काममा व्यस्त रहेने थारु महिलाहरु बिहिवार १० वजे विहान रातो सारिमा सजिएर अनुहार भरि विभिन्न प्रकारका रंगीविरङ्गी रंगहरुको साथमा बाहिर निस्किए । सवै जना हातमा विभिन्न किसिमका रातो,पहेलो,हरियो र निलो रंग लई एक आपसमा खुसी साटासाट गर्दै फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा फगुवा (होली)को शुभकामना आदान प्रदान गरि विभिन्न घुम्ति सांस्कृतिक कार्यक्रम लिएर गाउँ, गाउँमा महिलालाई हरेक क्षेत्रमा महिलाको पहुच हुनु पर्छ भन्दै जनचेतना फैलाउदै निस्किए ।

 

उदयपुरको त्रियुगा नगरपालीका वडानम्वर ८ फुलवारी टोल विकास सस्था, उत्तरवारी टोलका अगुवा महिलाहरुले यस वर्ष फरक तारिकाले फागु(होली) मनाउन निस्किएका हुन् । उनीहरु मादल, झाइल, झम्टा बाजा आजाको साथमा गित गाउदै, नाच्दै रमाइरहेका थिए ।

 

पुरुष प्रधान देशमा होलीको विषेशता के हो ? किन मनाउनु पर्छ ? त्यो बिर्सेर आधुनिक जमना भन्दै यस्लाई बिकृतिको रुपमा लिएको देखिएको छ तसर्थ हामी घरमा सधै काम गरेर बस्छौ तर बर्षमा एक चोटी आउने यो रंगमय पर्वलाई हर्सोउल्लासका साथ मनाउन हामी गाउँ गाउँ हुदै जन प्रतिनिधिलाई भेटेर महिलाको पहुच सवै क्षेत्रमा हुनु पर्छ । होलीको शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाइरहेको समाजसेवी रामवती चौधरीले बताउनु भयो । चौधरीले, होलीको यो सांस्कृतिक कार्यक्रम वाट संकलन रकम गाउँका अति बिपन्न परिवारको आर्थिक अवस्था उकासन्न संस्था बाट सहुलियत कम व्यजदरमा श्रण लगानी गर्ने बताउनु भयो ।

आफुहरु सधै घरमै बस्नु पर्ने, चाड पर्वमा पाहुनाई खान पिन खुवादै ठिक र पुरुषहरु चाड पर्वको नाममा जाड रक्सी,जुवा तास खेल्दैमा दिन बिताउछन् । त्यसैले हामी सम्पुर्ण सस्थाको महिलाहरु सास्कृतिक कार्यक्रम लिएर आफनो भाषा संस्कृतीलाई जर्गेना गर्नुे उद्धेश्यले आफुहरु होली पर्व मनाइरहेको होलीमा सहभागी छाया देवि चौधरीले बताउनु भयो । त्यस्तै उहाहरुको उद्धेश्य उदाहरणीय रहेको जनचेतना फैलाउदै कार्यक्रम सवैको लागी स्वागतमय रहेको वडा अध्यक्ष कमल कुमार राउतले बताउनु भयो ।

 

 वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैं जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।