• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

एएफसी यू–१९ च्याम्पियनसिप: नेपाल र पाकिस्तान आज भिड्दै

Fm Radio Link

काठमाडौँ - थाइल्याण्डमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे चोनबुरी रंगशालामा हुनेछ । नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३-० को पराजय बेहोरे पनि दोस्रो खेलमा भारतलाई २-० ले हराउँदै छनोटको आशा कायमै राखेको हो ।

अघिल्लो चरण प्रवेशका लागि नेपाललाई छनोट हुन पाकिस्तानविरुद्ध जित दर्ता गर्नुपर्नेछ । अघिल्लो महिना भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपालले किस्तानलाई १२-० ले पराजित गरेको थियो । भारतविरुद्धको खेलमा दुवै गोल गरेकी नेपाली टोलीकी नियमीत फरवार्ड रेखा पौडेलको आज पाकिस्तान विरूद्ध हुनेछैनन् । लगातार दुई खेलमा पहेंलो कार्ड पाएकी उनी आज पाकिस्तानविरूद्ध खेल्न नपाउने भएकी हुन् ।

प्रतिकृया दिनुहोस