• २०८१ बैशाख ५ बुधबार / Wednesday, April 17

आन्दोलमा धेरै ढुङ्गा फालियो तर किन : सिताराम थारु

बरघर रेस्टुरेन्ट अलि फरक बिशेषता बोकेको छ यहाँ हामिले मिनि संग्रालय वनाएका छौ ।

Fm Radio Link

थरुहट तराई विद्यार्थी युनियन केन्द्रीय अध्यक्ष रहि काम गरि सकेका हाल बर्दियालि थारु बिकास मंच काठमाडौका केन्द्रीय अध्यक्ष, थारु विद्यार्थी समाजका केन्द्रीय कोषाध्यक्ष तथा बरघर रेस्टुरेन्टका संचालक सिताराम थारुसंग पत्रकार ममिता थामिले गरेको राजनीतिक र ब्यवसायिक कुराकानि ..............

 

 

१. तपाई राजनीतिक क्षेत्रमा लागेको मान्छे, एकैचोटि ब्यवसायिक क्षेत्रमा लाग्दा कस्तो कठिनाइ भोग्नु पर्यो ?

# म राजनितीक भन्दा पनि सामाजिक क्षेत्रमा सक्रिय भएको ब्यक्ति हु । सामाजिक काम राजनीतिसंग जोडिएको हुन्छ त्यती मात्र होइन ब्यापार ब्यवसाय पनि राज्यको अर्थतन्त्रसंग जोडिएको हुन्छ । मैले स्कुल पढाई गर्दा गाउँमा ५ हजारको किराना पसलबाट सुरुवात गरेको थिए पछि पढाइको सिलसिलामा काठमाडौमा आए । पसल दाइले समाल्नु भयो तर यो रेस्टुरेन्ट ब्यवसाय चाही मेरो लागी एकदमै नयाँ हो । सबै क्षेत्रमा कठिनाइ हुन्छ त्यसलाइ कसरी म्यानेज गर्ने त्यस्मा भरपर्छ । राजनीतिक र सामाजिक कामसंग जोडिएकोले मलाइ झन सहज भएको छ साथिभाइले राम्रै सहयोग गर्नु भएको छ ।

 

 

२. राजनितीक क्षेत्रमा कति बर्ष लाग्नु भयो ?

# म बिबिएस पहिलो बर्ष पढ्दै थिए त्यती बेला ०६२/०६३ को जन आन्दोलन चर्केको थियो । मलाइ राजनितीक चेतना त्यती थिएन आन्दोलमा धेरै ढुङ्गा फालियो तर किन ढुङ्गा फालियो त्यति थाहा थिएन । राजा फाल्नु पर्छ, गणतन्त्र लोकतन्त्र ल्याउनुपर्छ भन्ने मात्रै थाहा थियो । तर गणतन्त्र लोकतन्त्र भनेको के हो थाहा थिएन अहिले बुझ्दैछु । अझ जनताले असली लोकतान्त्र महसुस गर्न सकेका छैनन । मलाइ २०६५ सालको थरुहट आन्दोलनले राजनीति बारे धेरै कुरा सिकायो ।

 

 

३. अहिले राजनीतिक क्षेत्र किन त्याग्नु भयो ?

# मैले राजनीतिक क्षेत्र त्यागेको छैन । अलिकती ब्यवसायतिर समय दिएकोले मात्र हो ।

 

 

४. ब्यापारिक क्षेत्रमा लाग्न कहाँबाट प्रेरणा मिल्यो ?

# म म्यानेजमेन्टको विद्यार्थी हु । मैले गैर सरकारी सस्था र मन्त्रालय दुबैमा काम गरेको अनुभव छ । म त्यहाँ काम गर्दा ब्यक्तिगत जागीरे थिए । मैले भबिस्यमा ब्यापार नै गर्छु भनेर त सोचेको थिएन समय परिस्थिति र भाइहरुको प्रस्तावले यतातिर लागेको हु । अहिले दुई जनाको लगानिमा ब्यवसाय संचालन गर्दैछौ यो हाम्रो सानो नयाँ सुरुवात हो ।

 

 

५. सरकारले अहिले राजनिती गर्ने जनप्रतिनिधिको तलब भत्ताको ब्यवस्था गरेको छ राजनिती गर्नेलाइ ब्यापारको आवस्यकता पर्छ र ?

# नेपालको चुनाब यति महँगो भैसकेको छ कि एउटा साधारण ब्यक्तीको वडा अध्यक्ष लड्ने हैसियत अब रहेन । घरखेत बेचेर चुनाब लड्ने जुन नेपालको राजनीतिक सिस्टम छ यस्ले भ्रस्टाचार बढाएको छ । दोस्रो कुरो राजनिती गर्ने सबै चुनाब जित्दैनन । चुनाब जितेपनी नजितेपनी नेताहरुले आफ्नो आर्थिक अवस्था बलियो बनाउन सायद ब्यापार गर्नैपर्छ ।

 

 

६. सोसल मिडिया लगायत बिभिन्न्न आन्दोलनमा तपाई थारुको मुद्दामा बढि आवाज उठाउनु हुन्छ कतै जातिबादिको आरोप खेप्नु भाछ कि नाइ ?

# तपाइले एकदमै सहि प्रस्न सोध्नु भो । हो म सामाजिक संजाल तथा मेरो लेख रचनामा थारुको मुद्दाका बारेमा अलि बोल्ड आवाज उठाउछु । सायद धेरै नेता र फरक पार्टीका आस्था राख्नेलाइ मन नपर्न सक्छ तर सबै त्यस्तो हुदैनन । मुद्दा सहि छ भने कसैले जातिबादिको आरोप लाउदैमा पछि हट्नु हुदैन । हामी हरेक ब्यक्ती आफ्नो समुदायप्रती जिम्मेवारी बन्नु पर्छ । पहिला माती, त्यसपछी जाती र अन्यमा पार्टीलाइ राखेर काम गर्नुपर्छ तर यो बाताबरण कुनै पार्टीमा छैन । आफ्नो पार्टीभित्र कुनै नेताले अलिकती आफ्नो समुदायको बारेमा बोल्यो कि उ ठुला नेताको तार्गेत बनिहाल्छ । मलाइ यहि कुरा अचम्म लाग्छ, हामिले हाम्रो जातिको मुद्दाको बारेमा आवाज उठाउदा जातिबादी बिखन्दनकारी आरोप खेप्नुपर्ने तर उहि मुद्दा प्रचण्ड, केपि वा देवाले आवाज उठाइदिदा क्रान्तिकारि रास्ट्रबादि नेता हुने यहि सस्कारबाट अहिलेको नेपाली राजनिति चलिराछ । नेताले यो बुझिराछैनन एउटै जाती अगाडी बढेर देश बन्दैन यदि देशलाइ समृद्धि बनाउने हो भने पहिला उत्पीडिनमा परेका जाती, बर्ग, समुदाय र क्षेत्रको उत्थान हुनुपर्छ । थारुलाइ मात्र होइन उत्पीडनमा परेको कर्णालीको बाहुन क्षेत्रीलाइ पनि राज्यको मुलधारमा ल्याउनु पर्छ ।

 

 

७. कैलाली टिकापुरको घटनापछि थारु अगुवाहरु बिलाए खास कारण के होला ?

# बिलाए होइन, पुरै राज्य थारुमाथी दमन गर्नमा लाग्यो भन्नु न । थारुलाइ कमजोर पार्नमा राज्यको सबै शक्ती लाग्यो, न्यायलय देखी राष्ट्रिय मिडियासम्म थारुको विरुद्धमा लागे । कसैले घटनाको कारण सोधेनन, जान्न खोजेनन वा जानेर बुझ पचाए । एक पक्षिय रुपमा थारुलाइ गलत साबित गर्नमा लागे । अहिले २५ जना निर्दोष थारुलाइ राज्यले जेलमा गैर कानुनी तरिकाले कोचेको छ । नेपालको संविधानले कुनैपनी अभियुक्तलाइ बिना प्रमाण १ बर्षभन्दा बढी थुन्न पाउदैन तर थारुलाइ थुनेको ३ बर्ष भइसक्यो, खै न्याय ? अझ उल्टै अत्यधिक बहुमतले जनताले जिताएर पठाएको सान्सद रेशम चौधरीलाइ जेल कोचेको छ ।

नेपालको कस्तो कानुन हो चुनाब लड्न पनि दिने अनि जिति सकेपछी सर्तिफिकेट नदिने ? राज्यले जानाजान थारुलाइ अन्याय गरेको छ । यदि उनिहरु दोषी नै हुन भने दोषी प्रमाणित गरोस त्यो नि गर्न सकेको छैन । भोली उनिहरुको क्षतिपूर्ति राज्यले दिन सक्छ ? हाम्रै विभिन्न पार्टीमा रहेका थारु सान्सदहरुको पनि ठुलो कमजोरी छ अहिले टिकापुरको विषयमा कुनै थारु सान्सदले खुलेर हाउसमा बोल्न सकेका छैनन भने अर्कोतिर थारु अगुवाहरु एक ठाउँमा आउन सकेका छैनन यहि कमजोरीको फाइदा सासकहरुले उठाइ राखेका छन । जुन असर टिकापुरको घटनामा परेको छ ।

 

८. राजनीतिक क्षेत्रमा लागेर गरेको अबिस्मरनिय केहि काम सम्झनु पर्दा ?

#म त्यस्तो कुनै नेता वा थारु अगुवा त होइन । म पनि अरु साथिहरु जस्तै आफ्नो सामुदायप्रती चासो राख्ने ब्यक्ती चाही हु । राजनिती र सामाजिक विषयमा चिन्तन गर्छु । समाजमा भैराखेको सहि कुराको सपोर्ट र गलत कुराको बिरोध गर्ने हिम्मत राख्छु । जुन सबै युवाले राख्नु पर्छ । मेरो त्यस्तो सम्झनु पर्ने कुनै अबिस्मरनिय काम चाही छैन ।

 

९. तपाइको बिचारमा युवाहरुलाइ बिदेशीनबाट रोक्न के के गर्नुपर्छ ?

# अहिले गाउँघरतिर युवाहरुको अवस्था यति बिग्री सकेको छ कि भोलिको दिनमा देशलाइ नै ठुलो खतरा छ । युवाहरु शिक्षाप्रतिको झुकाब घट्दै गैरहेको छ । शिक्षामुखि भन्दा नि पैसामुखी हुन थालिसकेका छन । यो देशको स्थिति र बाताबरणले निम्त्याएको समस्या हो । देशमा रोजगारी छैन । धेरै युवाहरु डिग्री हासिल गरेर पनि जागिर पाउन सकेको छैनन यस्को प्रभाव अरु युवामा परिरहेको छ । अन्त्यमा उ पढाइ छोडेर बिदेशीने बिकल्प रोज्छ । देश सधै रिमिटेन्सले चल्दैन । यति धेरै हाम्रो देशमा आम्दानीका स्रोतहरु छन त्यतातिर राज्यको ध्यान छैन राज्यले हाम्रो देशको युवालाइ मसिन बनाइ बिदेशमा बेचिरहेको छ । यसरी हाम्रो देश कहिले सम्म अरु देशको मुख ताक्ने हो ? थाहा छैन । राज्यले दीर्घकालीन योजना बनाइ आफ्नै मुलुकमा रोजगारी सिर्जना गर्नुपर्छ । अर्को कुरा शिक्षित समाजबिना सभ्य देशको परिकल्पना चाही गर्न सकिदैन यसर्थ राज्यले जन स्तरीयबाटै शिक्षाको बारेमा गम्भीरतापुर्बक लिनु पर्यो ।

 

बरघर रेस्टुरेन्ट अलि फरक बिशेषता बोकेको छ यहाँ हामिले मिनि संग्रालय वनाएका छौ ।

 

१०. तपाइले सुरुवात गरेको नयाँ ब्यवसाय बरघर रेस्टुरेन्टबाट कतिको सन्तुष्ट हुनु हुन्छ ?

#मैले बरघर रेस्टुरेन्ट तिन चार वटा उद्देश्य लिएर खोलेको हो । पहिलो उद्देश्य हामिले महिनाको अन्तिम शनिबार थारु भाषा, साहित्य र सस्कृती सम्बन्धि कार्यक्रम गर्छौ पहिले टि. यु किर्तिपुर बालकुमारी खाजा घरमा बिगत ५ बर्ष देखी हामी अरुको होटलको साहार लिदै जसोतसो प्रोग्रामलाइ निरन्तरता दियो । यसरि कार्यक्रमका लागी चाहिरहने र साथिभाइहरुसंग भेट भइरयो भने सम्बन्ध बढ्दै जाने हुन्छ अब यो सम्बन्धलाइ अझ प्रगाढ बढाउनको लागी बरघर रेस्टुरेन्टको आवश्यकता महसुस भयो । दोस्रो उद्देस्य बरघर रेस्टुरेन्ट अलि फरक बिशेषता बोकेको छ यहाँ हामिले मिनि संग्रालय वनाएका छौ । थारुको परिकारको स्वाद लिदै थारुले प्रयोग गर्ने हस्तकला लगायत थारु संस्कृती सम्बन्धि किताबहरु उपलब्ध गराउछौ । हामिले थारु परिकार बेचेर पैसा कमाउने मात्र होइन कि थारुको हरेक पहिचानलाइ र्राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन चाहन्छौ । यि काम थोरै भएपनी बरघर रेस्टुरेन्टले गरिरहेकोले हामी सन्तुष्ट छौ ।

 

प्रतिकृया दिनुहोस