• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

इपिएल : भैरहवा प्लेअफमा

Fm Radio Link

 

 

काठमाडौँ,  भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । 

 



कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा गयो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए । 

 



यस्तै कप्तान शरद भेषावकरले १६, रवी इन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाए भने रोहित पौडेल सात रनमा नटआउट रहे । विराटनगरका भान डेर मेर्वीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाएको थियो ।

 

 

विराटनगरका लागि भान डेर मेर्वीले २५, करण केसीले १८, सुमित महर्जनले १५ रन बनाएका थिए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहेका थिए । विराटनगरलाई ९१ रनमै समेट्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले चार विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले दुई/दुई विकेट लिए । 

 



विराटनगरविरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट छ, अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित बनाएको छ । अब भैरहवाले ललितपुर र काठमाडौँसँग खेल्न बाँकी छ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो ।

 



दुई खेलमा चार अङ्क जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । सोही मैदानमा आज हुने दोस्रो खेलमा काठमाडौँ किङ्ग्स ११ र ललितपुर प्याट्रियसबीच खेल भइरहेको छ । 

प्रतिकृया दिनुहोस