भैँसीपालनमा रु चार करोड लगानी
तनहुँको ,शुक्लागण्डकी नगरपालिका–४ निवासी हरि खड्का व्यवसायी हुनुहुन्छ । उहाँले दुलेगौँडा बजारमा युनिक डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्दै आउनुभएको छ ।
उहाँले गत वषदेखि शुक्लागण्डकी नगरपालिका–१० मीनामखानीमा भैँसीपालन शुरु गर्नुभएको छ । उहाँको युनिक मल्टी एग्रो प्रालिमा हालसम्म रु चार करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त फार्ममा हाल ४२ वटा दूध दिने भैँसी रहेका छन् । प्रत्येक भैँसीका लागि पाइपबाट पानीको व्यवस्था गरिएको छ भने घाँस राख्नका लागि पनि छुट्टै ठाउँ बनाइएको छ ।
उहाँले भन्नुभयो, “जग्गा खरीद, संरचना निर्माण र बाटो विस्तारलगायत सबै गर्दा रु साढे चार करोडभन्दा बढी लगानी पुगिसकेको छ ।” फार्मबाट उत्पादित दूध दुलेगौँडा र खैरेनीटार बजारमा रहेको आफ्नै बिक्री केन्द्रबाट बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।
फार्मबाट उत्पादिन दैनिक २५० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । शुक्लागण्डकी नगरपालिकाको बजारमा मात्रै दैनिक ७०० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ । “शुक्लागण्डकी नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौँ”, उहाँले भन्नुभयो ।
प्रतिकृया दिनुहोस5>