• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

टिपर दुर्घटनामा पाँच घाइते

१०० मिटर तल खसेर दुर्घटना भएको

Fm Radio Link

चौतारा,  लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्

 

आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको वा४ख ८२९७ नंको टिपर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । रातको समय भएकाले चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ 

प्रतिकृया दिनुहोस