• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

प्राज्ञपरिषद् सदस्यको शपथ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ

Fm Radio Link

काठमाडौँ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) का नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ गराइएको छ । 

 

देशभरका कला, नाटक, सङ्गीत, साहित्य संस्कृतिको संरक्षण र विकासमा योगदान

 


संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सम्बन्धित प्रतिष्ठानका कुलपतिले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा नेपाल सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) लाई तथा नाफाका कुलपति केके कर्माचायले प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई शपथ गराउनुभएको थियो । उहाँहरुको कार्यकाल चार वर्षको हुनेछ । 

 

सो अवसरमा मन्त्री अधिकारीले विभिन्न जाति र समुदायले सजिएको मुलुकमा सबैका मौलिक परम्परा फरक फरक हुने बताउँदै देशभरका कला, नाटक, सङ्गीत, साहित्य संस्कृतिको संरक्षण र विकासमा योगदान गर्न दुवै प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

 

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्राज्ञसभा सदस्यको नामावली सम्बन्धित प्रतिष्ठानमा पठाइएको भए पनि उहाँहरुको सैद्धान्तिक परामर्श लिएर अन्तिम टुङ्गो चाँडो लगाउन कुलपतिलाई निर्देशन दिनुभयो । प्राज्ञसभा सदस्य गठन भएपछि मात्र मात्र प्राज्ञपरिषद्का पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ । 

प्रतिकृया दिनुहोस