• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

पौडेललाई ‘सुदीश निरौला स्मृति’ पुरस्कार

यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा कवि महेश पौडेललाई प्रदान गर्ने

Fm Radio Link

पथरी, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा समालोचक, अनुवादक, कवि एवं आख्यानकार महेश पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । 

 


 

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलो पटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रष्टका संस्थापक टेकमाया निरौलाका अनुसार पुरस्कारको राशि रु १५ हजार रहेको छ । पौडेलका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

 

टेकमायाका दिवङ्गत छोरा सुदीशका नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इञ्जिनीयर निरौला साहित्यप्रति रुचि राख्नाका साथै कवितासमेत लेख्नुहुन्थ्यो । उक्त पुरस्कार आगामी माघ ६ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस