• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

गौशाला निर्माण गरिने

छाडा चौपायालाई नियन्त्रण गर्न गौशाला निर्माण गर्ने निर्णय गरेको हो ।

Fm Radio Link

लमही,  दाङ तुलसीपुर उपमहानगरपालिका–७ ले गौशाला निर्माण गर्ने निर्णय गरेको छ । राससमा ‘चौपायले दश बिघा क्षेत्रफलको बाली नष्ट’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सरोकारवालासँग छलफल गरेर गौशाला निर्माण गर्ने निर्णय गरेको हो । 

 

सामुदायिक बनको जग्गामा गौशाला निर्माण गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो । 

 

तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा सोमबार भएको भेलाले छाडा चौपायाले भर्खरै मात्रै दश बिघा क्षेत्रफलमा लगाएको तोरी, अरहरलगायत अन्नबाली नष्ट गरेको र विगतमा पनि छाडा चौपायाले अन्नबाली नष्ट गर्दै आएकाले छाडा चौपायालाई नियन्त्रण गर्न गौशाला निर्माण गर्ने निर्णय गरेको हो । वडा सदस्य, ६१ टोल विकास संस्था तथा अन्य सरोकारवालाको सहभागितामा भएको भेलाले वडामा रहेको सामुदायिक बनको जग्गामा गौशाला निर्माण गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो । 

 

साथै गौशालाबाट उत्पादन भएको गोबरबाट ग्यास उत्पादन गर्ने, गाईको गहुँत तथा मूत्र प्रशोधन गरेर विभिन्न औषधि बनाइने तथा जैविक मल प्रयोगमा ल्याउने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार गौशाला निर्माणको लागि वडाले रु दुई लाख बजेट छुट्याउने तथा बाँकी श्रमदान गर्ने निर्णय समेत भएको छ । १५ दिनभित्र काम शुरु हुने समेत उहाँको भनाइ छ । छाडा चौपायाले वर्षेनी लगाइएको बाली नष्ट गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस