• २०७५ चैत ८ शुक्रबार / Friday, March 22

थारू समुदायमा माघ महत्व

माघ कि माघी ? 

Fm Radio Link

काठकाडौं, पुस महिनाको अन्त्य सँगै थारु गाँउको यो समय अत्यन्त महत्वपूर्ण छ । अब आउने महिना माघलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँने गर्दछन्  । थारु समुदायमा यतिबेला “मुरीया लहान गैली हाँ बाबा की सगरवा तिकुली छुटल पानी घाट सखिय हो ........” “माघ मनैली सुरीक सीकार खैलीरे हाँ, माघ मनैली......सखीये हो माघक पिबी गुरी जाँर” यो गितले विशेष स्थान पाएको हुन्छ । सबैको मुखमा स्वरवद्ध हुने यो गितले माघ पर्वको विशेष अर्थ बोकेको छ । 

 

“मुरीया लहान गैली हाँ बाबा की सगरवा तिकुली छुटल पानी घाट सखिय हो ........”

 


तराईको विभिन्न जिल्लामा बसोबास गर्ने आदिवासी जनजाति धर्ति पुत्र भनिएका थारु समुदाय पुर्वको झापा देखि पश्चिमको कञ्चनपुर सम्मकै जिल्लामा बसोबास गरी जिविकोपार्जन गरी रहेका छन् । यद्यपी केही कला, सँस्कृति, भाषा भने थारु समुदायमा पनि भिन्ना भिन्नै छ । त्यस्तै दाङ, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर लगाएतका केही जिल्लामा बसोबास गर्ने थारु समुदायले माघ महिनाको पहिलो दिन सँगै माघ मनाउन सुरु गर्छन् । 

 

तर देशको राजधानी काठमाडौंमा बसोबास गर्ने थारु अगुवाहरुकै हेलचक्राईका कारण थारु समुदायको यो विशेष पर्वको नाम, संस्कार र संस्कृति नै धरापमा परी सकेको छ ।

 


पुष महिना भरी युवती घर लिपपोत लगाएतको अन्यकाममा व्यस्त हुन्छन् । पुरुषहरु विभिन्न कारोबार लेन देन, गाँउको ऐन नियम,  लगाएतको जोहो गर्ने गर्छन् । माघ थारु समुदायको नयाँ वर्ष, नयाँ आर्थिक वर्ष, नेतृत्व चयन गर्ने महत्वपूर्ण पर्व हो । यसरी महत्व बोकेको यो पर्व र महिनालाई थारु समुदायले माघ भनि सम्बोधन गर्ने गर्दछन्  । तर देशको राजधानी काठमाडौंमा बसोबास गर्ने थारु अगुवाहरुकै हेलचक्राईका कारण थारु समुदायको यो विशेष पर्वको नाम, संस्कार र संस्कृति नै धरापमा परी सकेको छ । महोत्सवको आयोजना गर्ने विभिन्न समुहले माघ पर्वलाई माघी भनी सम्बोधन गर्दा हाल नयाँ पुस्ताको मुख बाट माघी नै उच्चरण हुँदैछ । 

 

“माघ मनैली सुरीक सीकार खैलीरे हाँ, माघ मनैली......सखीये हो माघक पिबी गुरी जाँर”

 


थारू जातिको महान् पर्व माघको रौनक अहिले जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ । थारू बस्तीमा माघ आउन अब एक हप्ता मात्र बाँकी छ । थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष तथा महिला नयाँ नेतृत्व कसलाई दिने र गाँउलाई कसरी समुन्नत बनाउने छलफलमा जुटेका छन्  । आज भोली धेरै थारु गाँउमा नेतृत्वचयनमा चुनाव समेत हुने गरेको छ । 

 


थारू समुदायको मौलिक संस्कृतिले भरिएको माघ थारु समुदायको महत्व बोकेको ठूलो पर्व हो । पुस महिनाको अन्तिम दिन गाँउ गाँउमा  सुँगुर काट्ने चलन लाई ‘जिता मरना दिन’ भनिन्छ । माघ महिनाको पहिलो दिन विहानै नुहाउनु, नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन १,३ वा ५ पल्ट विजोरा अंकमा निकाली अलग भाँडोमा राखीको निस्राउ विवाह भएको छोरी चेली लाई निस्राउ दिनेल चलन छ । घर र गाँउमा रहेको सम्पूर्ण आफु भन्दा ठूलो बाट आर्शिवाद लिनु र सानो लाई आशिर्वाद दिँदै घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको परिकार), माछा, जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ । यतिबेला “मुरीया लहान गैली हाँ बाबा की सगरवा तिकुली छुटल पानी घाट सखिय हो ........” लगाएत ‘सखिय हो, माघक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघमा विशेष मघौटा नाच गाँउभरीका सबै घरमा नाच्चे गरीन्छ । 

प्रतिकृया दिनुहोस
-->