• २०७५ चैत ८ शुक्रबार / Friday, March 22

द्वन्द्वपीडित सुरक्षाकर्मीको धर्ना

द्वन्द्वपीडित सुरक्षाकर्मीले आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । 

Fm Radio Link

काठमाडौँ,  द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने माग गरेका छन् । 

 

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने,

 

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा द्वन्द्वपीडित सुरक्षाकर्मीले आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । 

 

धर्नामा सहभागीले ‘अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर’, ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको माग पूरा गर’ र ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको ग्यारेन्टी गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी (क) वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्नुभयो । 

प्रतिकृया दिनुहोस
-->