• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

दुर्घटनामा एकको मृत्यु, एक घाइते

२९ वर्षीय शहीद तामाङको मृत्यु

Fm Radio Link

भक्तपुर,  सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

 

दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

 

 दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस