• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

दुर्घटनामा एकै परिवारका एकको मृत्यु दुई घाइते

अटो रिक्सा अनियन्त्रित भई दुर्घटना

Fm Radio Link

भरतपुर  चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो । 

 

३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौँ सिफारिश गरिएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ 

प्रतिकृया दिनुहोस