• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

बक्सिङको प्रदेशस्तरीय छनोट प्रतियोगिता

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट

Fm Radio Link

धनगढी, राष्ट्रिय खेलकूद परिषद् र गणेशमानसिंह फाउण्डेशनको संयुक्त आयोजनामा आज यहाँ कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट प्रतियोगिता शुरु भएको छ । 

 

माघ २२ देखि २६ गतेसम्म काठमाडौँमा हुने राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिताको तयारी

 

आगामी माघ २२ देखि २६ गतेसम्म काठमाडौँमा हुने राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिताको तयारीको क्रममा यो छनोट प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

 

प्रतियोगितामा प्रत्येक प्रदेशबाट आठ जना पुरुष र छ जना महिला बक्सिङ खेलाडी छनोट गर्न लागिएको वरिष्ठ बक्सिङ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले बताउनुभयो । गणेशमानसिंह फाउण्डेशनका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आज प्रतियोगिताको उद्घाटन गर्नुभयो । 

प्रतिकृया दिनुहोस