• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

वित्तीय संस्था गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने

Fm Radio Link

काठमाडौँ, कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । 

 



बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

 



बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ । 

 



ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ । 

प्रतिकृया दिनुहोस