• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि

Fm Radio Link

काठमाडौं,  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत याङछीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा चीनका उपराष्ट्रपतिले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुभयो ।

 


भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुईदेशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 
उपराष्ट्रतिले नेपाल एक चिन नीति प्रति प्रतिबद्ध रहेको बताउनुभयो । ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो, ‘चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ । नेपाल पनि आफ्नो भूमीमा चीन विरोधी क्रियाकलाप हुन दिने छैन ।’

 


उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताउनुभयो । उपराष्ट्रपतिले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताउनुभयो । 

 


‘हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ । रेलवेद्वारा जोडिन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘हामी कम्तिमा ७ वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ । हामी विकासको लागि भौतिक पूर्वाधारहरु निर्माण गर्न चाहन्छौँ ।’

 

‘२०२० नेपाल भ्रमण वर्ष हो । यसलाई सफल पार्न धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति चीन सरकारले प्रोत्साहन गरिदिनु पर्यो ।’

 


उपराष्ट्रपतिले सन् २०१९ मा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउनुहुँदै चिनियाँ लगानीकर्ताहरु नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउनुहुँदै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि चीन सरकारले प्रोत्साहन गरिदिनुपर्ने बताउनुभयो ।
‘२०१९ मा हामीले अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेका छौँ । चीनबाट गतिला लगानीकर्ताहरु आएको हेर्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘२०२० नेपाल भ्रमण वर्ष हो । यसलाई सफल पार्न धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति चीन सरकारले प्रोत्साहन गरिदिनु पर्यो ।’

 


उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताउनुभयो । उहाँले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताउनुभयो । 

 


‘नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ । अरु देशमा यति सहज हुँदैन’, उहाँले भन्नुभयो, ‘हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ ।’
राजदूत याङछीले अग्रजहरुले स्थापना गरेका दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने आफ्नो निरन्तर प्रयास हुने बताउनुभयो । उहाँले नेपालको स्वतन्त्रता, विकास र समृद्धिमा चीनको सदैव समर्थन र साथ सहयोग हुने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालको विकास र समृद्धिमा सकेको योगदान गर्ने समेत बताउनुभयो ।

 


उहाँले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभयो । नेपाल सांस्कृतिक रुपमा विश्व सम्पदामा सुचीकृत रहेको, वुद्धको जन्मस्थल यहीं रहेको र संसारको सर्वोच्च शिखर सगरमाथा यहीं रहेकाले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको बताउनुभयो । 

 

‘अब हामीबीच प्रविधि र तालिमको आदानप्रदान, युवाहरुको आदानप्रदान हुनुपर्दछ । यो मेरो कार्यकालको लक्ष्य हो ।’ 

 


राजदूत याङछीले आफ्नो कार्यकालमा दुईदेशबीचको हवाई उडान थप गर्न चाहेको बताउनुभयो । उहाँे चीनमा विकास भईरहेको प्रविधिले नेपालको विकासलाई सघाउ पुग्ने बताउनुभयो । ‘केही वर्षयता चीनमा नयाँ प्रविधिहरुको विकास भैरहेका छन् । माओले भन्नु भएको छ, मानिसको क्षमता भगवानको भन्दा बढि हुन सक्दछ’, उहाँले भन्नुभयो, ‘अब हामीबीच प्रविधि र तालिमको आदानप्रदान, युवाहरुको आदानप्रदान हुनुपर्दछ । यो मेरो कार्यकालको लक्ष्य हो ।’ 

 

प्रतिकृया दिनुहोस