• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको

Fm Radio Link

रत्ननगर,  नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

 

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुयाएपछि पीडितले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो ।

 

गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । 

 

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुयाएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । 
उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस