• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

तीन विधेयक पारित

तीन विधेयकलाई बहुमतले पारित गरेको छ । 

Fm Radio Link

काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । 

 

 बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृति  ।

 

आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् । 

 

बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गर्नुभएको थियो । 

 

यसअघि बैठकमा मन्त्री बस्तेतले सङ्कटापूर्ण वनस्पति र वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न विधेयक ल्याइएको हो भन्नुभयो । विधेयकमाथि सांसदहरू प्रेम सुवाल, मोहन बानियाँ, छक्कबहादुर लामा र सञ्जय गौतमले भाग लिनुभएको थियो । 

 

अर्थन्त्री डा खतिवडाले निवृत्तिभरण कोषलाई व्यवस्थित बनाउन निवृत्तिभरण कोष विधेयक २०७५ आएको जानकारी दिनुभयो । सो विधेयकमाथिको छलफलमा प्रेम सुवालले भाग लिनुभएको थियो । 

 

यस्तै, आजको बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गयो । । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । 

 

विधेयकमाथि छलफलमा सांसदहरू कृष्ण पोखरेल, प्रेम सुवाल र देवप्रसाद गुरुङले भाग लिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक माघ ४ गते शुक्रबार दिउँसो १२ बजे बस्नेछ । 

प्रतिकृया दिनुहोस