• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

प्रेम प्रस्तावको घुइचो छ, तर विहेगर्ने आकाछैनन् : हट मोडेल सुनिता दहित

राम्री त के हुनु मान्छेहरुको हेराइ राम्रो होला ||

Fm Radio Link

 मोडेल सुनिता दहित सँग पत्रकार रामचन्द्र कुश्मीले सोध्नुभएको सात प्रश्नमा मोडेल सुनिता दहितको जवाफ । 

 

 


१. मोडलिङ क्षेत्र नै किन रोज्नु भयो सुनिता जि ?

 

-अँह..... म मोडलिङ् गर्छु भनेर सपना नि देखेको थिएन । तर म स्कुल अध्ययन गर्दा डान्स पहिले बाट गर्थे । मेरो बाबा को सपोर्टले गर्दा मोडलिङ क्षेत्रमा प्रवेश गरेको हुँ । 

 


२. कत्ति राम्रो बाबा है, चाहनाहरु सजिलै पुरा हुँदैछन् त्यसोभए  ?
-हुम्...हजुर हरेक क्षेत्रमा साथ सपोर्ट गर्ने त्यो सब बाबा को कारणले गर्दा हो । अहिले सम्म थारु मिडियामा आए,  मान्छेहरु सुनिता दहित भनेर चिन्छन् सो बाबाको कारण हो  । 

 

 

३. गाह्रो छ भन्छन् मोडलीङ क्षेत्रमा स्थान पाउँन, तपाइले कत्तिको चुनौति सामना गर्नु भयो ?

 

-एकदम गाह्रो छ । यो मोडलिङ् फिल्डमा मान्छेको रुपले मात्र हुँदैन यो मोडलिङ् क्षेत्रमा सुरुमा डिसिप्लेन हुनु पर्छ । डान्स्, एक्टिङ् सव परफेक्ट भएसी यो फिल्डमा अगाडी बढ्न सहज हुन्छ । पहिले त परिवारको साथ हुनु जरुरी छ । त्यसपछि आफुमा ट्यालेन्ट हुनु पर्यो  । यो मोडलीङ क्षेत्रमा सुरुमा भिडियो गर्दा आफु लगानी लगाएर नि भिडियो गरेको पछि राम्रो हुँदै गयो त्यसपछि म अफर पाएँ । 

 

 

४. आफै लगानी गरेर कत्तिको सम्झव छ मोडलिङ पेशा अपनाउन रु तपाई कति लगानी लगाउनु भयो त ?

 

-खोई... आफुलाई इच्छा भाकोले आफै लगानी गर्छन् र आफै भिडियो गर्ने गर्छन् । तर मलाई त्यस्तो धेरै लगानी लगाउन परेन करीब २० हजार जति लगानि गरे कि ।

 

५. आज भोली कत्तिको अफर आइराको छ रु कत्तिका व्यस्त हुनुहुन्छ ?

 

-आज भोली कार्यक्रम तिरै व्यस्त छुँ, भिडियो तिर खासै छैन आउँदो फागुन महिनाबाट भिडियो तिरै व्यस्त हुन्छु होला । 

 

 


६. केही नयाँ योजनामा हुुनुहुन्छ भन्ने सुनेको छु रु भन्न मिल्छ ?

 

-खासै छैन तर मोडलिङ् सँग सँगै अध्ययन र जागिरको लागि हेर्दैछु । हेरौं के हुन्छ । 

 

७. राम्री हुनुहुन्छ रु विवाहको प्रस्ताव कतिको आउँदै छ ? 

 

-हि..हि.हि..राम्री त के हुनु मान्छेहरुको हेराइ राम्रो होला, ।।।अहिले सम्म विहेको प्रस्ताव आको छैन तर प्रस्तावको चै घुइचो नै छ भनम् ।

 

#धन्यवाद सुनिता जी तपाइको यो अमुल्य समयको लागि 
-धन्यवाद सर तपाइलाई पनि ।

प्रतिकृया दिनुहोस