• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

आजदेखि श्रीमद भागवत महापुराण ज्ञान सप्ताह महायज्ञ सुरु,

उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने

Fm Radio Link

सिरहा, सिरहाको लहान नगरपालिका १५ ढोडनामा आजदेखि श्रीमद भागवत महापुराण ज्ञान सप्ताह महायज्ञ सुरु हुदैछ । 

 


श्री पंचावती मन्दिर संरक्षण विकास समिती तथा श्रीमद भागवत मूल आयोजक समितीको आयोजनामा हुन गईरहेको कार्यक्रममा अहिले कलस यात्रा भईरहेको छ । 

 


कलस यात्रामा ५ हजारको संख्यामा भत्तजनको सहभागिता रहेको आयोजक मूल समितीले जानकारी दिएको छ । आज देखि फाल्गुन ३ गते सम्म हुने महायज्ञमा वाचन शिरोमणी श्रीनिवास आचार्यबाट कथा बाचन हुने लहान नगरपालिका १५ ढोडनाका वडा अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिनुभएको छ । 

 


कार्यक्रमको उद्घाटन प्रमुख अथिती उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गर्नुहुने श्री पंचावती मन्दिर संरक्षण विकास समितीका अध्यक्ष मागैन चौधरीले जानकारी दिनुभयो । 

 


प्रत्येक दिनको कार्यक्रममा पाठपराणय विहान ८ बजे देखि १० बजे सम्म , कथा प्रवचन दिउँसो १२ बजे देखि बेलुका ५ बजे सम्म ,पाठपराणय साँझ ७ बजे देखि साँझ ८ बजे सम्म , भजन किर्तन साँझ ८ बजे देखि राती १० बजे सम्म र आरती विहान ९ बजे र बेलुका ५ बजे हुने श्री पंचावती मन्दिर संरक्षण विकास समितीका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस