• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

इन्फ्राष्ट्रक्चरका अग्रवालले लिए पद तथा गोपनियताको सपथ ग्रहण

Fm Radio Link

काठमाडौं,  यस नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

 


सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ सहित उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

 


साथै इन्फ्राष्ट्रक्चर बैंकका संचालक चन्द्र प्रसाद ढकाल र नुमनाथ पौडैल एवं प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको पनि उपस्थित थिए ।

 


बैंकले आफ्नो वित्तीय कारोबार संचालन गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको हुँदा बैंक केही दिनमै संचालनमा आउने बैंकले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस