• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

मुख्यमन्त्री र मन्त्रीहरु सडक सफाइमा

बुटवलको पाखापानीबाट कुचो बोकेर फोहोर उठाउदै

Fm Radio Link
बुटवल सफाई अभियान

बुटवल, प्रदेश ५ को स्थापना दिवसमा मुख्यमन्त्री र मन्त्रीहरु सडक सफाइमा जुटेका हुन् ।

 


प्रदेश सरकराको स्थापनाको पूर्व सन्ध्यामा बिहीबार पूर्वपश्चिम महेन्द्र राजमार्ग सफाइ गरिएको हो । पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाइ थालिएको हो ।


मुख्यमन्त्री शंकर पोखरेल बुटवल क्षेत्रको सरसफाइ अभियानमा सहभागी भए । बुटवलको पाखापानीबाट कुचो बोकेर फोहोर उठाउदै करिब एक किलोमिटर सफाइ गरिएको हो । प्रदेश सरकारले बुटवलका चारै नाकाबाट सरसफाइ थालेको हो ।

 


सरसफाइ अभियानको थालनी गर्दै मुख्यमन्त्री शंकर पोखरेलले बजार क्षेत्र सफा भए पनि राजमार्ग भने दुर्गन्धित हुने गरेको भन्दै अभियानमा जुट्न सबैलाई आग्रह गरे ।

 


उनले सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाइ अभियानमा जुट्न आग्रह गरे ।

 


राजमार्ग र वन क्षेत्रमा जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिका कारण सडक फोहोर थुपार्ने थलो भएको भन्दै उनले त्यसलाई हटाउन आग्रह समेत गरे । उनको आग्रह छ ‘घर सफा राखेर मात्रै हुन्न,बाटो र खोल्सामा फोहोर नफालौं ।’

 


बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेश सरकारसंग मिलेर उपमहानगरपालिकालाई सुन्दर सफा र हरीयाली बनाउने बताए ।

 


मुख्यमन्त्री पोखरेल बुटवलको मनकामना चोकबाट, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी कोहलपुर चोक बाँकेबाट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी भुरिगाउँ, बर्दियाबाट सरसफाइमा सहभागी भए ।

 


त्यस्तै भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, सामाजिक विकासमन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चोक नवलपरासीबाट सरसफाइ अभियानमा सहभागी भएका थिए ।

 


प्रदेश सरकारले फागुन ३ गते पहिलो स्थापना दिवसमा सार्वजनिक बिदा दिएको छ । सरसफाइमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

 

 


 

प्रतिकृया दिनुहोस