जाजरकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु
जाजरकोट,
जाजरकोटको रिम्नामा भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने ५ जनाको उद्दार भएको छ ।
दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ । प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा २५ जनाको प्रहरी टोली उद्दारमा गएको छ ।
अहिले सो क्षेत्रमा पानी परिरहेकाले उद्दारमा समस्या भएको छ ।
प्रतिकृया दिनुहोस5>