• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

नेप्से घट्ने क्रम शुक्रबार पनि रोकिएन

Fm Radio Link

काठमाडौँ,

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।


 
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ । आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार ९४६ कित्ता शेयर रु २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भए । 


आज कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर घटेको छ । बैंकिङ ५.८४, व्यापार ०.१७, होटल १३.९, विकास बैंक २.३८, जलविद्युत् १५.५, वित्त ४.१९, निर्जीवन बीमा २७.५४, उत्पादन २५.४८, अन्य ३.४८, लघुवित्त १०.३८ र जीवन बीमा ४६.९५ बिन्दुले घटेको छ । 



घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ बिन्दुले कमाएका छन् । यस्तै चौतारी लघुवित्त वित्तीय संस्था ४.८१, बरुण हाइड्रोपावर तीन प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.४५ प्रतिशतले कमाएका छन् । 



यस्तै ग्लोबल आइएमइ समुन्नति स्किम ४.८१, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.४१, ङादी ग्रुप अफ पावर ३.८४, नबिल इक्विटी फण्ड ३.७३, राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले गुमाएका छन् । 


- कारोबार दैनिक 

प्रतिकृया दिनुहोस