• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

आधा दर्जन कविको आधा दर्जन कविता

साथमा चित्रकला प्रदशनी

Fm Radio Link

काठमाडौं, 


१०९ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा फाल्गुन ०४ गते शनिबार 'लैङ्गिक हिंसा बिरुद्द कविता वाचन तथा चित्रकला प्रदशनी कार्यक्रम' काठमाडौंको खुल्ला मन्चमा सम्पन्न भएको छ ।

 


कविता तथा चित्रका माध्यमबाट लैङ्गिक हिँसाका विरुद्दमा आवाज तथा जागुरुकता लेराउने हेतु आयोजित सो कार्यक्रममा मदन पुरस्कार विजेता तथा सामाजिक अभियान्ता राधा पौडेलको प्रमुख आतिथ्य रह्यो ।

 


आधा दर्जन कविको आधा दर्जन कविता वाचन सहित विभिन्न विद्यायलयका विधार्थीहरुले आ-आफ्ना चित्रकला(पेन्सिल स्केच) प्रदशनी गरे । 

साथसाथै कवी तथा चित्रकार रसिक राजको चित्रकला प्रदशनी कार्यक्रम पनि सम्पन्न भएको छ । कविहरु अस्मिता राई, अंशु खनाल, प्रज्वल अधिकारी, राजु झल्लु प्रसाद, स्मृति रानाभाट र सुरज पराजुलीले आ-आफ्ना एक-एक कविता प्रस्तुत गरे । अस्मिता राइले 'म',  अंशु खनालले 'छोरीको छाती र हरामी आखाँहरु', प्रज्वल अधिकारीले 'यौटा दर्बिलो आँट', राजु झल्लु प्रसादले 'चुपचाप', स्मृति रानाभाटले 'दिग्भ्रमित परिचय' र सुरज पराजुलीले 'छोरी'  शिर्षकका कविताहरु सुनाएका थिए।

 


मुलबाटो प्रतिष्ठान नेपाल, काठमाडौंको आयोजकतत्वमा तथा पहल नेपाल, पोखरा र आभा फर कृयटिभिटी , काठमाडौं सह -आयोजकतत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

 


 

श्रमिक महिला दिवसको अर्थ र परिभाषा माथि विचार गोष्ठी, महिला हिंसा न्यूनीकरणमा पुरुषको भूमिकाबारे छलफल, छोरीलाई अंशको अधिकारबारे बहस  जस्ता विभिन्न कार्यक्रमहरु क्रमशः फाल्गुन ११ गते विराटनगरमा, फाल्गुन १८ गते खुल्ला मन्च काठमाडौं , फाल्गुन २४ गते पोखरामा आयोजना हुने मुलबाटो प्रतिष्ठानकी अध्यक्ष प्रगति राईले बताउनुभयो ।

 


 

प्रतिकृया दिनुहोस