• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

पोखराको होटल मनास्लुमा आगलागी

मिटर बक्समा बिद्धुत सर्ट हुँदा आगलागी

Fm Radio Link

पोखरा, पर्यटकीय नगरी पोखराको लेकसाइड स्थित होटल मनास्लुमा शनिबार मध्यरातमा आगलागी भएको छ । आठ तलाको उक्त होटलको भुइँ तलामा रहेको मिटर बक्समा बिद्धुत सर्ट हुँदा आगलागी भएको हो ।

 

 

शनिवार राति करिब १ :३० बजे लागेको आगो दमकलको सहयाताले बैदाम प्रहरीको टोलीले १० मिनेट भित्रमा नियन्त्रणमा लिएको हो । आगलागीबाट मानबिय क्षति भने हुन् पाएन् । शनिबार होटलमा ३५ जना पाहुना रहेका थिए । प्रहरीले होटलको माथिल्लो तलामा फसेका केहि व्यक्तिहरुलाई भर्याङ्गको सहायताबाट झ्यालबाट उद्यार गरेको हो भने केहि व्यक्ति ज्यान जोगाउन झ्यालबाट हाम फालेका थिए ।

 

 

आगलागी भएपछी होटलको आठ तला माथि गएर बसेका धेरै व्यक्तिहरुलाई प्रहरीले आगो नियन्त्रमा आएपछि बाहिर निकालेको छ । होटलको भुइँ तलाको भर्याङ्ग मुनि आगलागी भएकाले तत्काल आगो फैलिन नपाएको र समयमै नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी इन्स्पेक्टर बिजय भण्डारीले बताए । भर्याङ्ग मुनि स्टोर जस्तो बनाएर मिटर बक्स भएकै ठाउँमा रबरका सामग्री तथा रङ्गरोगनका भाडा राखिएकाले ति जलेर गन्ध सहितको दुसित धुवा होटलमा फैलिदा होटलमा रहेका पाहुनाहरु बढी आतिएको उनले जनाए ।

 

 

भर्याङ्ग मुनि कुनामा भएकाले आगलागीबाट ठुलो भौतिक क्षति समेत नभएको उनले बताए । होटलको भुइँ तलामै सुतेका होटलका सुरक्षा गार्डले अकस्मात आगोको मुस्लो देखेपछी हतार हतार प्रहरीलाई खबर गरेका थिए । शनिबार होटलका १८ वटा रुममा एक जना चिनिया नागरिक सहित ३५ जना पाहुना रहेको सुरक्षा गार्ड बिस्नु बहादुर बस्नेतले जनाए । आठ तले उक्त होटल मापदण्ड बिपरित निकै सानो क्षेत्रफलमा बनेको र आपतकालीन अवस्थामा समस्या पर्ने गरेको स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस