• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

चैत ३ गतेदेखि कक्षा ८ को परीक्षा सुरु हुँदै

Fm Radio Link

काठमाडौं, आधारभूत तहको परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । काठमाडौं महानगरपालिकाले चैत ३ देखि १२ गतेसम्म कक्षा ८ को परीक्षा हुने सूचना जारी गरेको हो ।

 

 

शिक्षा स्थानीय तह मातहत आएपछि महानगरपालिकाले पहिलो पटक महानगरस्तरीय आधारभूत तहको परीक्षा सञ्चालन गर्न लागेको हो । महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाका अनुसार चैत ३ गते अंग्रेजी विषयको परीक्षा हुनेछ ।

 


चैत ४ गते नेपाली, ५ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ७ गते विज्ञान तथा वातावरणको परीक्षा हुने तालिका सार्वजनिक गरिएको छ ।यसैगरी चैत ८ गते (क) नैतिक शिक्षा,(ख) स्वास्थ्य तथा शारीरिक शिक्षा, १० गते गणित, १ गते पेशा, व्यवसाय र प्रविधिको परिक्षा हुनेछ ।  चैत १२ गते अन्तिम दिन मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषयको परीक्षा हुने महानगरपालिकाले बताएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस