• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङगारिक कृषि मेला’ - काठमाडाैंमा

Fm Radio Link

काठमाडाैं .

फागुनको अन्तिम साता ‘नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ।

 


नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा फागुन २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको हो। मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए।

 


नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित महासंघले हरेक वर्ष सो मेला आयोजना गर्दै आएको छ। आइतबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलामा मुलुकभरका उद्यमीहरु, उद्यमसम्बन्धी प्रविधि प्रयोगकर्ताहरु, कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुने जानकारी पनि दिएको छ।

 


भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका सार्क राष्ट्रहरुका उद्योगीहरु समेत सहभागी हुने मेलामा २ सय ५० वटा स्टल तथा २ लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

 


मेलामा १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने आशा गरिएको छ।


 

प्रतिकृया दिनुहोस