• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

विश्वकपपछि क्रिस गेल सन्यास लिंदै

Fm Radio Link

काठमाडौं,

विष्फोटक ब्याट्सम्यानका रुपले परिचित वेष्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले विश्वकपपछि सन्यास लिने घोषणा गरेका छन् ।

 


यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि ३९ वर्षीय गेलले सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । विश्वकप २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।

 


क्रिस गेल इंग्ल्यान्डसँगको क्रिकेट सिरिजमा टिममा फर्किएका छन् । इंग्लान्डसँगको एकदिवसीय क्रिकेट सिरिज यही बुधबारदेखि सुरु हुँदैछ ।

 


एकदिवसीय क्रिकेटमा गेलले २३ शतक प्रहार गरेका छन् भने ४९ अर्धशतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा मात्रै ९७२७ रन बनाएका छन् । सन् २०१५ को विश्वकप क्रिकेटमा उनले दोहोरो शतक प्रहार गरेका थिए । जिम्बाब्वेविरुद्ध बनाएको त्यो २१५ रन नै उनको करिअरको सबैभन्दा उच्च स्कोर हो ।

 


अलराउडरको रुपमा परिचित गेलले एक दिवसीय क्रिकेटमा १६५ विकेट समेत लिएका छन् ।

 

 


 

प्रतिकृया दिनुहोस